त्रिवि भन्सारको निगरानी शसस्त्र प्रहरीले गर्ने

१ माघ ८०, मंगलबार

२ माघ, काठमाण्डौ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारपछिल्लो समय सुन तस्करको अखडा बनेपछि त्यस क्षेत्रको सुरक्षाका लागि सशस्त्र प्रहरी परिचालन गरिएको छ । यसअघि निजी सुरक्षा कम्पनीका सुरक्षागार्ड राख्ने गरिएको स्थानमा अब शसस्त्र प्रहरी राख्न थालिएको हो ।

स्टार सेक्यूरिटीका १८ जना कर्मचारी भन्सार चेकिङमा खटिएका थिए । उनीहरुलाई मासिक १६ हजार १ सय रुपैयाँको दरले तलब दिइने गरिएको थियो । त्रिभुवन भन्सार कार्यालयको सिफारिस र गृहमन्त्रालयको स्वीकृतिसँगै सोमबारदेखि विमानस्थलको भन्सार क्षेत्रमा सशस्त्र प्रहरी खटाइएको हो ।

सुनको अवैध तस्करी हुन थालेपछि सशस्त्र खटाइएको हो । अहिले इन्स्पेक्टरको कमाण्डमा ३० प्रहरी परिचालन गरिएको छ । भन्सारका कर्मचारीको रेखदेखमा उनीहरु खटिने छन् । ‘अब भन्सार चेकिङमा सशस्त्र प्रहरीले डियुटी गर्न थालेको छ,’भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले भने ।

भन्सार चेकिङमा कर्मचारी मात्र हुँदा समस्या भएको भन्दै सुरक्षाकर्मी पनि राख्न आवाज उठ्दै आएको थियो । तस्करीले भन्सारका कर्मचारीलाई प्रलोभनमा पारेर तस्करी गर्ने गरेका थिए । थप एक निकाय भएपछि सेटिङको समस्या कम हुने अपेक्षा गरिएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top