×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026
Playing
बालेनका मन्त्रीलाई प्रलोभनमा पार्ने प्रयास, मन्त्रीले नै खोले रहस्य || Nepal Times
Apr 10, 2026
Playing
American सेना आराम गरिरहेका छन्,Iran को हात ‘ट्रिगर’ मै छ|| Nepal Times
Apr 10, 2026
Playing
श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण|| Nepal Times
Apr 10, 2026
Playing
पेट्रोल, डिजल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि#PETROL #diseal #GAS #BALEN #NEPAL
Apr 10, 2026
Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026

पाकिस्तानले लियो बदला, इरानमा आक्रमण

४ माघ ,एजेन्सी ।

बलुचिस्तानमा इरानले आक्रमण गरेको दुई दिनपछि पाकिस्तानले पनि इरानमा आक्रमण गरेको दाबी गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै इरानमा आक्रमण गरेको जानकारी दिएका छन् । पाकिस्तानी सेनाले इरानमा आश्रय लिएका पाकिस्तानी मूलका आतंकवादीलाई निशाना बनाएको उनले उल्लेख गरेका छन् ।

Advertisement
Advertisement

विज्ञप्तिमा भनिएको छ, ’आज बिहान पाकिस्तानले इरानको सिस्तान–ओ–बलुचिस्तान प्रान्तमा आतंकवादीहरूमाथि आक्रमण ग¥यो । गुप्तचर सूचनाका आधारमा गरिएको कारबाहीमा धेरै आतंककारी मारिएका छन् ।’ पाकिस्तानी विदेश मन्त्रालयले अगाडि भनेको छ, ’पाकिस्तान हरेक खतराबाट आफ्नो राष्ट्रिय सुरक्षाको रक्षा गर्न प्रतिबद्ध छ । पाकिस्तानले भविष्यमा पनि आफ्नो सुरक्षाका लागि यस्ता कदमहरू जारी राख्नेछ ।’

यसअघि पाकिस्तानले आफ्नो बलोचिस्तान प्रान्तमा दुईजना बालबालिकाको ज्यान जाने गरी क्षेप्यास्त्र हमला गरेको भन्दै आक्रोश व्यक्त गर्दै इरानको निन्दा गरेको थियो । इस्लामावादस्थित विदेश मन्त्रालयले आफ्नो हवाई सीमाको ‘पूर्णतः अस्वीकार्य उल्लङ्घन’ गरिएको भन्दै त्यसको सम्भावित ‘गम्भीर परिणाम बेहोर्नुपर्ने’ चेतावनी पनि दिएको थियो ।

इरानको सरकारी सञ्चार माध्यमले भने पाकिस्तानमा रहेको एक उग्रवादी समूह जैश अल अदलका अखडाहरूमा हमला गर्न ड्रोन र मिसाइलहरूको प्रयोग गरिएको जनाएको थियो । उता अमेरिकाले पनि पाकिस्तानको बलुचिस्तानमा इरानले गरेको आक्रमणको निन्दा गर्दै पछिल्ला केही दिनमा यस देशले आफ्ना तीन छिमेकी देशको सीमा उल्लंघन गरेको बताएको थियो ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले पाकिस्तान, सिरिया र इराकमा इरानको आक्रमण चिन्ताजनक रहेको बताएका थिए । पाकिस्तान र इरानबीचको सम्बन्धमा तिक्तता बढेका बेला चीनले भने दुवै देशलाई संयमता अपनाउन अपिल गरेको थियो । इरानले गरेको आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको पाकिस्तानले जनाएको छ ।

आक्रमणप्रति विरोध जनाउँदै पाकिस्तानले इरानबाट राजदूत फिर्ता बोलाएको थियो । लगत्तै उसले इरानमा जवाफी हमला गरेको हो । यता बलुचिस्तानमा इरानले गरेको आक्रमणका विषयमा भारतले पनि आफ्नो धारणा सार्वजनिक गरेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सोसल मिडिया प्लेटफर्म एक्समा भारतको अडान जानकारी गराएका हुन् । उनले लेखेका छन्, ‘यो इरान र पाकिस्तानको आपसी मामिला हो । जहाँसम्म भारतको सवाल छ, आतंकवादप्रति हाम्रो नीति शून्य सहनशीलताको छ । हामी विश्वास गर्छौं कि देशहरूले आत्मरक्षामा यस्तो कदम चाल्न सक्छन्।’

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top