कतार एसियन कपको अन्तिम १६ मा

३ माघ ८०, बिहीबार

४ माघ ,एजेन्सी ।

आयोजक तथा डिफेन्डिङ च्याम्पियन कतार एसियन कप–२०२३ को नकआउट चरण पुग्ने पहिलो टिम बनेको छ । बुधबार लगातार दोस्रो जित निकाल्दै कतार घरेलु भूमिमा भइरहेको प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको हो । उसले बुधबारको खेलमा ताजाकिस्तानलाई १–० ले हरायो ।

अल बयाट स्टेडियममा भएको खेलमा कतारका लागि अक्रम आफिफले निर्णायक गोल गरे । ताजाकिस्तान भने खेलको अन्यमा दश खेलाडीमा सीमित भएको थियो । अमाडोनी कामालोभलाई रातो कार्ड देखाइएको थियो । अक्रम अफिफले १७औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो ।

अफिफले लेबनान विरुद्धको जितमा २ गोल गरेका थिए । त्यस्तै बुधबार नै भएको सोही समूहको पहिलो खेलमा चीन र लेबनानले गोलरहित बराबरी खेलेका थिए । अब समूह चरणको अन्तिम खेलमा घरेलु टोली कतारले चीनसँग र लेबनानले ताजकिस्तानसँग खेल्ने छन् । एसियन कपमा कतार उपाधि दाबेदार राष्ट्र मध्येको एक हो ।

२ चरणको खेलपछि समूह ए मा कतारको ६ अंक रहेको छ । चीनको २ अंक तथा ताजिकिस्तान र लेबनान समान १–१ अंकको छ । आज ३ खेल हुँदै छन् । साँझ ५ः१५ बजे समूह बीमा रहेका सिरिया र अष्ट्रेलिया भिड्ने छन् । सोही समूहको भारत र उज्वेकिस्तानबीचको खेल साँझ ८ः१५ बजे सुरु हुनेछ । राति ११ः१५ बजे समूह सीको खेलमा प्यालेस्टाइन र युएई आमने सामने हुन्छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top