×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कपडा व्यापारीको घरमा २ करोड हुण्डी, ३ जना पक्राउ

५ माघ २०८०

५ माघ, काठमाडौं ।

काठमाडौँको क्षेत्रपाटीस्थित व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । घरमा २ करोड नगद फेला परेको छ । हुन्डी र सुन कारोबारको आरोपमा दुई करोड नगदसहित तीनजना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागको टोलीले हुन्डी र सुन कारोबारको आरोपमा अग्रवालसहित तीनजनालाई गएराति पक्राउ गरेको हो ।

Advertisement
Advertisement

अग्रवालको घरमा छापा मारेर उनलाई नगदसहित पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताएका छन् । उनका अनुसार अग्रवाल कपडा व्यवसायी पनि हुन् । ढुंगानाका अनुसार अग्रवालको घरबाट दुई हजार अमेरिकी डलर पनि बरामद गरिएको छ ।

“अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सीका कारोबारी भएको बुझिएको छ । पछिल्लो समय हुन्डी कारोबारी क्रिप्टोमा पनि जोडिने गरेको पाइएको छ,” निर्देशक ढुंगानाले भनेका छन् “उनको संलग्नता के–केमा छ, अनुसन्धानबाट थप प्रष्ट हुनेछ । विभागका सूचना अधिकारी नवराज अधिकारीले व्यापारी अग्रवाललाई पक्राउ गरिएको बताएका छन् ।

‘क्रिप्टो र हुण्डीको कारोबार गर्थे भन्ने सूचना नै आएको हो। जुन क्षेत्रमा सुनको अवैध कारोबार भएको भनेर सूचना आउँछ त्यहाँ उनको कपडा पसल छ। अवैध सुनको कारोबारमा पनि उनको संलग्नता रहन सक्ने शंका छ,’ ढुंगानाले भनेका छन् । पक्राउ परेका अग्रवालमाथि आजबाट थप अनुसन्धान अगाडि बढाइने ढुंगानाले जानकारी दिएका छन्।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top