सर्वशक्तिशाली बन्दै इरान, सोराया स्याटेलाइन सफल

७ माघ,एजेन्सी ।

Advertisement

इरानले आफ्नो सोराया स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण गरी अहिलेसम्मकै उच्च कक्षमा राखेको बताएको छ । यो स्याटेलाइट प्रक्षेपण तेहरानको सोही कार्यक्रमको हिस्सा हो जसको बारेमा पश्चिमी देशहरूले इरानले उन्नत ब्यालेस्टिक मिसाइल बनाउने दिशामा अघि बढेको बताएका छन्।

इरानको यो घोषणा यस्तो समयमा आएको हो जब इजरायलले गाजा स्ट्रिपमा हमासविरुद्ध आक्रमण जारी राखेको छ र हालै इरान र पाकिस्तानले एकअर्काको देशमा हवाई हमला गरेका छन् । यी घटनाक्रमले पश्चिम एसियामा तनाव बढाएको छ ।

Advertisement

सोराया उपग्रहलाई तीन चरणको रकेटमार्फत पृथ्वीको सतहबाट ७५० किलोमिटर माथिको कक्षमा प्रक्षेपण गरिएको सरकारी समाचार एजेन्सी इरनाले जनाएको छ। तर, उक्त भूउपग्रह कुन क्षेत्रका लागि प्रयोग गरिएको हो भन्नेबारेमा तत्काल कुनै जानकारी आदान प्रदान गरिएको छैन ।

यो प्रक्षेपण इरानको नागरिक अन्तरिक्ष कार्यक्रम र इरानको रिभोलुसनरी गार्ड्सको अन्तरिक्ष कार्यक्रमको हिस्सा हो, रिपोर्टमा भनिएको छ । अमेरिकाले यसअघि इरानको उपग्रह प्रक्षेपणले संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावको उल्लङ्घन गरेको भन्दै तेहरानलाई आणविक हतियार बोक्न सक्ने ब्यालिस्टिक मिसाइलहरू समावेश गर्ने कुनै पनि गतिविधिबाट अलग रहन आग्रह गरेको थियो।

Advertisement

इरानको ब्यालेस्टिक मिसाइल कार्यक्रमसँग सम्बन्धित राष्ट्रसंघले लगाएको प्रतिबन्ध गत अक्टोबरमा सकिएको थियो। इरान अहिले धेरै देशहरूसँग तनावको सामना गरिरहेको छ। गत वर्ष अक्टोबर ७ देखि इजरायलसँग तनाव छ । इरान र इजरायलले लगातार एकअर्काविरुद्ध विभिन्न आरोपहरू लगाएका छन्।

अमेरिकाले इजरायल विरुद्ध हुथी र अन्य संगठनहरूलाई समर्थन गर्ने कुरा पनि गरिरहेको छ। गएराति मात्रै इराकस्थित अमेरिकी नेतृत्वको सैन्य बेसमा आक्रमण भएको छ। यसमा इरानमो हात रहेको बताइएको छ । यस्तो अवस्थामा दुई देशबीचको सम्बन्धमा फेरि एकपटक तनाव बढेको छ ।

पछिल्लो समय पाकिस्तानसँगको सम्बन्ध निकै बिग्रिएको छ । इरान र पाकिस्तान दुवैले एकअर्काको भूमिमा आतंकवादी समूहलाई निशाना बनाउने दाबी गर्दै आक्रमण गरेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top