×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

नेपालमा लगानी गर्ने एलन मस्कको प्रस्ताव

८ माघ,विराटनगर ।
विश्वकै धनाढ्य एलन मस्कले नेपालको इन्टरनेट क्षेत्रमा लगानीको प्रस्ताव गरेका छन । उनको स्पेसएक्स कम्पनीले नेपालमा डेडिकेटेड स्याटेलाइट इन्टरनेट सेवा सञ्चालन गर्ने प्रस्ताव गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणमा पनि केही महिनाअघि स्टारलिंक सेवा सुरु गर्ने सहमति (लाइसेन्स) माग्दै आवेदन दिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले एलन मस्कको कम्पनीबाट स्टारलिंक सेवा सञ्चालन गर्ने प्रस्ताव आए दिने÷नदिने विषयमा निर्णय नभइसकेको बताएका छन् । उनले भने, ‘आवश्यक अध्ययन गरेर यसबारे उचित निर्णय गर्नेछौँ ।’ स्पेसएक्सले विभिन्न देशमा डेडिकेटेड स्याटेलाइट इन्टरनेट सेवा (स्टारलिंक) विस्तार गरिसकेको छ ।

Advertisement
Advertisement

विश्वकै धनीले नेपालमा लगानी गर्न खोज्नुलाई महत्वका साथ हेरिएको छ । उनको लगानी नेपालमा भित्रिए अन्य विदेशी लगानी समेत भित्रिने बाटो खुल्ने अपेक्षा गरिएको छ । कम्पनीले परियोजनामा अधिकतम ६ अर्बसम्म लगानी गर्न सक्ने बताइएको छ ।

स्टारलिंकले भूउपग्रहहरूको व्यापक सञ्जालबाट इन्टरनेट सेवा उपलब्ध गराउँछ । यो दुर्गम क्षेत्रमा बस्ने र द्रुत गतिको इन्टरनेटमा पहुँच नहुने मानिसहरूका लागि लक्षित छ । स्टारलिंकका भूउपग्रहहरू एक अर्काबीच सञ्चार सम्पर्क गति र पृथ्वीमा इन्टरनेटको गति तीव्र बनाउने उद्देश्यले कक्षको तल्लो तहमा पृथ्वीको वरिपरि राखिएका छन् ।

विश्वभरि पहुँचका लागि तल्लो तहमा रहने भूउपग्रहहरूको आवश्यकता पर्छ । स्टारलिंकले सन् २०१८ देखि २०२२को अगस्ट महिनासम्ममा करिब ३,००० भूउपग्रहहरू अन्तरिक्षमा राखेको ठानिएको छ । प्रविधि वेबसाइट पकेट लिन्टका सम्पादकीय निर्देशक क्रिस हलले यो परियोजना अन्तर्गत भविष्यमा १०,००० देखि १२,००० भूउपग्रहहरू राखिन सक्ने बताएका छन् ।

“भूउपग्रहको प्रयोगले दुर्लभ स्थानहरू, मरुभूमि र हिमालहरूमा इन्टरनेट सञ्जालको समस्या समाधान गर्छ,“ उनी भन्छन् । “यसले ती क्षेत्रहरूमा पुग्नका लागि तार बिछ्याउनुपर्ने र खम्बाहरू गाड्नुपर्ने जस्ता पूर्वाधार बनाउनुपर्ने कुराहरू छल्न मद्दत गर्छ।“

नेपालमा स्याटलाइट इन्टरनेटको माग दूर दराजमा रहेका जलविद्युत आयोजना, सीमामा रहेका सुरक्षा पोस्ट लगायतमा उच्च रहेको अधिकारीहरू बताउँछन् । सहरी क्षेत्रमा भने यस्तो प्रविधिमार्फत् प्राप्त हुने इन्टरनेटको त्यति धेरै माग नभएको उनीहरू बताउँछन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार स्टारलिंकको स्याटलाइट कक्षको तल्लो तहमा राखिएको छ ।

अन्य स्याटलाइट जियोस्टेशनमा माथि छन् । दूरीका हिसाबले धेरै तल भएकाले स्टारलिंक इन्टरनेटले उच्च गतिमा सेवा दिन सक्छ । यो प्रविधिमा स्याटलाइटबाट सिधा सम्पर्क स्थापित हुन्छ । ‘‘मोबाइलका लागि ब्याकहउल पनि उपलब्ध गराउन सक्ने उनीहरूले भनेका छन्,’’ दूरसञ्चार प्राधिकरणका एक अधिकारीले भने ।

तार वा फाइबर लान नसकिने क्षेत्रमा समेत मोबाइल सेवा सञ्चालन गर्न सकिने गरी आफूहरूले सेवा दिन सक्ने उक्त कम्पनीले जनाएको हो । हिमाली क्षेत्रमा पर्वतारोहणका लागि गएका मानिसहरू हराउने, हिम पहिरो लगायतका गतिविधिबारे पूर्वानुमान गर्न नसकिएको अवस्थामा उक्त सेवाले ग्रामीण भेगमा सर्वसाधारणहरूले ब्रोडब्यान्ड इन्टरनेट चलाउन सहज पारिदिने हुँदा आफूहरू उत्साहित भएको प्राधिकरणले जनाएको छ ।

तर नेपालका लागि यो प्रविधि नयाँ भने होइन । विगत देखिनै मर्कन्टाइलले भीस्याट इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ । त्यस्तै कसेफीक ब्रोडब्यान्ड स्याटलाइट ग्रुपले सन् २०२२बाट नेपालमा स्याटलाइट इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ ।

तर यी दुबै कम्पनीले पृथ्वीबाट धेरै टाढा रहेको जियो स्याटलाइटबाट इन्टरनेट सेवा उपलब्ध गराउने भएकाले उनीहरूले स्टारलिङ्कसँग प्रतिस्पर्धा गर्न कठिन रहेको जानकारहरू बताउँछन् । ‘‘हाइ स्पिड क्यारी गर्न खोजेको छ । स्टारलिङ्कले हाइ स्पिड भयो भने मोबाइल नै टेरेस्ट्रियल नभएर स्याटलाइटमा आधारित बनाइदिन सक्छ,’’ प्राधिकरणका अधिकारीहरुले भनेका छन् ।

इन्टरनेट सेवा प्रदायक सङ्घ आइस्पानका अधिकारीहरुले पनि स्टारलिङ्कको इन्टरनेटमा ‘लेटेन्सी’ निकै कम रहेको आफूहरूको बुझाइ रहेको बताउँछन् । फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेटका लागि स्याटलाइट इन्टरनेटले सहयोगी भूमिका निर्वाह गर्ने उनीहरुको बुझाइ छ । ‘‘जुन ठाउँमा हाम्रो नेटवर्क राम्रो छैन । हामी पनि त्यो सेवा लिएर सेकेन्डरी लिङ्क बनाएर राम्रो सुविधा दिन सक्छौँ,’’ आइस्पानले भनेको छ ।

स्पेसएक्सले सन् २०१९ बाट सुरु गरेको यो सेवा विश्वका ७० देशमा विस्तार भएको छ । दक्षिण छिमेकी मुलुक भारतले पनि स्टारलिंक सेवा विस्तार गर्न स्पेसएक्सलाई स्वीकृति दिइसकेको छ । कम्पनीले ०२३ भित्र नेपालमा स्टारलिंक सेवा विस्तार गर्ने व्यावसायिक योजना बनाएको थियो । सोहीअनुसार गत असारमा स्पेसएक्सका उच्च अधिकारीहरू नेपाल आएर यसबारे फिल्ड सर्भेसमेत गरिसकेका छन ।

त्यसको केही समयपछि नेपालमा स्टारलिंक सेवा सुचारु गर्ने अनुमति माग्दै कम्पनीले प्रस्ताव दिएको हो । तर सुरुवाती कुराकानीका अनुसार सेवा सुरु गर्न स्टारलिङ्कका लागि नेपालको कानुनी प्रावधानबाधक बन्न सक्ने सम्भावना देखिएको छ । स्टारलिङ्कले पूर्ण स्वामित्व आफूले राखेर नेपाली बजारमा प्रवेश गर्न चाहेको प्राधिकरणसँगको छलफलका क्रममा जनाएको बताइएको छ ।

तर दूरसञ्चार नीति २०६०ले दूरसञ्चार क्षेत्रमा वैदेशिक लगानी आकर्षण गर्ने भए पनि त्यस्तो लगानीमा न्यूनतम २० प्रतिशत स्वदेशी सहभागिता हुनुपर्ने व्यवस्था गरेको छ । अर्थात स्टारलिंकले नेपालमा इन्टरनेट सेवा सञ्चालन गर्न २० प्रतिशत सेयर हिस्सा नेपालीलाई दिनुपर्ने नभए दूरसंचार ऐन नै संशोधन गर्नुपर्ने हुन्छ ।

तर, स्थानीयलाई साझेदार बनाउने नीति स्पेसएक्सको छैन । प्रचलित इन्टरनेट सेवामा पनि यसले असर गर्न सक्छ । यी यस्ता प्राविधिक विषयमा अध्ययन गरेर निर्णय लिने पक्षमा सरकार रहेको अधिकारीहरु बताउँछन् । इन्टरनेटमा कतिपय देशहरूले सत प्रतिशत विदेशी स्वामित्व स्वीकार गरिसकेको अवस्थामा नेपाल सरकारले पनि त्यस्तो गर्न आवश्यक ठाने स्वीकृति दिन सकिने पनि एकथरीको बुझाई छ ।

इन्टरनेट क्षेत्रमा स्पेसएक्सको लगानीको प्रस्ताव र नेपालको विद्यमान कानूनी व्यवस्था नै बाधक बन्ने बारे तपाइँका टिप्पणी पनि अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला ।

Advertisement

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top