आज सुनको मूल्य स्थिर रहदा चाँदीको घट्यो

८ माघ ८०, मंगलबार

९ माघ, काठमाडौं ।

Advertisement

आज नेपाली बजारमा सुनको मूल्य स्थिर छ भने चाँदीको घटेको छ।सुनको मूल्य स्थिर रहेको आज तेस्रो दिन हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार बजारमा छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबारदेखि बजारमा सुन यही मूल्यमा कारोबार भइरहेको छ।मंगलबार चाँदीको मूल्य भने प्रतितोला २० रूपैयाँ घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १३ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भएको थियो।

Advertisement

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top