विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको बिराटनगर– १४ जतुवास्थित बायोग्यास तीन साता नबित्दै बिग्रिएको छ । योग्यास बिग्रिएपछि घरमा थन्काएर राखेको सिलिण्डर फेरी काँधमा बोक्नुपर्ने स्थानीयलाई आपत आईपरेको छ ।
भदौ ५ गते उक्त बायोग्यास उद्घाटन गर्दा प्रधानमन्त्री ओलीले भनेका थिए – कम्तीमा ३२ घरकाले अब सिलिण्डर फाले हुन्छ । तर, प्रधानमन्त्रीले त्यसो भनेको तीन साता नबित्दै तीनै ३२ घर मध्येका एक शोभाकान्त यादवको परिवार फेरी सिलिण्डर बोकेर बजार निक्लिनुपरेको छ । जतुवा स्थित श्रीकृष्ण गौसेवा सदनबाट उत्पादित गोबरग्यासको पाइप घरको भान्सामै पुगेपछि यादवले सिलिण्डर थन्क्याएका थिए ।
‘पाईपबाट ग्यास आएपछि सिलिण्डर थन्कायौँ’ उनले भने ‘तर, पाइपलाईनको ग्यास बन्द भयो, २/४ दिन बाटो हेरेर दाउरामा खाना पकायौँ, नआएपछि छोराले सिलिण्डर भरेर ल्यायो ।’ उनीजस्तै जतुवाका स्थानियले यस्तो समस्या खेप्नुपरेको छ ।
जतुवा स्थित श्रीकृष्ण गौसेवा सदनको गोबरग्यास प्लान्ट प्रधानमन्त्री ओलीले उद्घाटन गरेका थिए । हतारमा उद्घाटन गरिएकोले प्लान्टमा प्राविधिक समस्या आएको हो । अहिले भने ग्यास वितरण रोकेर थप काम भईरहेको छ ।अहिले भने ग्यास वितरण रोकेर थप काम भईरहेको छ । प्लान्टमा प्राविधिक समस्या आएपछि केही दिनको मर्मतका लागि ग्यास उत्पादन रोकिएको गौसेवा समितिका अध्यक्ष शंकरलाल अग्रवालले जानकारी दिए ।आजको उद्घाष दैनिकमा यो समाचार छापिएको छ ।