यू–१९ विश्वकपः आज नेपाल भर्सेस भारत

१८ माघ ८०, शुक्रबार

१९ माघ, एजेन्सी ।
आइसीसी यू–१९ विश्वकप अन्तर्गत नेपालले सुपर सिक्स चरणको दोस्रो तथा अन्तिम खेलमा आज भारतको सामना गर्दैछ । दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा हुने खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ । सुपर सिक्स अघि नै सेमिफाइनलको दौडबाट बाहिरिसकेको नेपाल भारतसँग खेल्दै औपचारिक रुपमा विश्वकप यात्रा टुङ्गाउनेछ ।

नेपालले सुपर सिक्स खेल खेल्नु अगावै सेमिफाइनल सम्भावना टुंगिसकेको थियो । भारत भने सेमिफाइनलमा पुग्ने लगभग निश्चित भइसकेको छ । नेपालले सुरुवाती दुई खेलमा न्युजिल्यान्ड र पाकिस्तानसँग हार बेहोरेको थियो । त्यसपछि अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै नेपाल सुपर सिक्समा पुगेको थियो ।

सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेश विरुद्ध ५ विकेटले पराजित भएको थियो । सुपर सिक्सको दौडबाट बाहिरिसकेका कारण नेपालका लागि आजको खेल अनुभवका लागि हुनेछ । त्यसैले नेपाली टोली खुलेर खेल्नु आवश्यक छ । विश्वकपमा नेपाल र भारत तेस्रो पटक भेट हुँदैछन् ।

यसअघि ८ वर्षअघि सन् २०१६ मा भेट भएको थियो । भारतले यू–१९ विश्वकपमा नेपालविरुद्धका अघिल्ला दुबै खेलमा जित हात पार्न सफल भएको थियो । नेपालले सन् २००० मा ८ विकेटले र २०१६ मा ७ विकेटले हार बेहोरेको थियो । दुई महिनाअघि दुबईमा भएको एसिया कपमा नेपालले भारतसँग १० विकेटको लज्जास्पद हार बेहोरेको थियो।

सो खेलमा कमजोर ब्याटिङ गर्दा नेपाल ५२ रनमै अलआउट हुन पुगेको थियो। आज नेपालले त्यो हारको बदला लिने लक्ष्य बोकेको छ । तर अहिलेसम्म ५ पटक विश्व च्याम्पियन बनिसकेको भारतलाई हराउन नेपालका लागि ठूलो चुनौती देखिन्छ । सुपर सिक्सको एक समूहबाट शीर्ष २ टोली मात्र सेमिफाइनलमा पुग्छन् ।

भारत र पाकिस्तानको समान ६ अंक रहेको छ । बंगलादेश ४ र न्युजिल्याण्डको २ अंक छ । नेपाल र आयरल्याण्ड अंक विहिन छन् । दोस्रो समूहमा अष्ट्रेलियाको ३ खेलमा ६ अंक छ । वेस्टइन्डिज र दक्षिण अफ्रीकाको समान ४ तथा श्रीलंका र इंग्ल्यान्डको समान २ अंक छ । जिम्बाब्वेको भने ३ खेलमा अंक छैन । आजको खेलमा भारतले नेपाललाई पराजित गरे शीर्ष स्थानमा रहेर सेमिफाइनलमा स्थान बनाउनेछ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top