dv पर्याे तर certificate Duplicate, १० जना पक्राउ

१९ माघ ८०, शुक्रबार

१९ माघ, काठमाण्डौ ।
नक्कली शैक्षिक प्रमाणपत्र बनाएर डिभीमार्फत अमेरिका जाने योजना बनाएका १० जना नेपाली युवा पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई नक्कली शैक्षिक प्रमाणपत्रसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनुषाको सबैला–१२ का ४२ वर्षीय विवेक उपाध्याय, मकवानपुरको मनहरी–९ की ३३ वर्षीया भगवती उप्रेती, लमजुङको बेसीसहर–५ की २४ वर्षीया रोना गुरुङ, ललितपुरको ललितपुर–१४ का २५ वर्षीय सञ्जय महर्जन रहेका छन् ।

Advertisement

यसैगरी, चितवनको भरतपुर–१२ का २५ वर्षीय सुमन ढकाल, सिराहाको सिराहा–१ का २९ वर्षीय सक्षम अर्याल, सर्लाहीको लालबन्दी–४ का ३५ वर्षीय सुरज अधिकारी, दोलखाको चरिकोट–९ का २६ वर्षीय अशोक श्रेष्ठ, पर्साको वीरगञ्ज–१० का २८ वर्षीय पुरुषोत्तम मल्लिक र सर्लाहीको हरिवन–९ का २६ वर्षीय स्वर्णिम दाहाल पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनीहरूलाई सन् २०२३ मा अमेरिकाको डीभी परेको थियो । तर, उनीहरूसँग भिसा प्रक्रियाका चाहिने न्यूनतम शैक्षिक योग्यता थिएन । भिसा प्रयोजनका लागि एसएलसी र कक्षा ११ र १२ को नक्कली शैक्षिक प्रमाणपत्र बनाएर पेस गरेको गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

Advertisement

अमेरिकी दूतावाससँगको समन्वयमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले उनीहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । सुरुमा प्रहरीले महाराजगञ्जस्थित अमेरिकी दूतावासबाट विवेक उपाध्यायसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धान गर्दै जाँदा नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा सञ्जय महर्जनसहितको संलग्नता रहेको खुलेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २५ को लिखत सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top