×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सर्वाधिक शान्ति सेना पठाउने देश बन्यो नेपाल ,कुन देशमा कति ?

२५ माघ २०८०

२५ माघ,एजेन्सी ।

नेपाल संयुक्त राष्ट्रसंघका शान्ति स्थापना मिशनमा सबैभन्दा धेरै शान्ति सेना पठाउने देश बनेको छ । बंगलादेशलाई उछिन्दै नेपाल संयुक्त राष्ट्रसंघको शान्ति सेना मिशनमा सबैभन्दा धेरै शान्ति सेना पठाउने देश बनेको हो । हाल संयुक्त राष्ट्रसंघका विभिन्न मिशनमा कूल ६ हजार २ सय ४७ नेपालीहरुले योगदान गरिरहेका छन् ।

Advertisement

यसअघिको शीर्ष देश बंगलादेश दोस्रोमा झरेको छ जसका ६ हजार १ सय ९७ जना शान्ति स्थापकहरु संयुक्त राष्ट्रसंघका विभिन्न मिशनमा खटिएका छन् । तेस्रो स्थानमा भारत छ जसका ६ हजार ७३ जनाले शान्ति स्थापनामा योगदान गरिरहेका छन् । रुवान्डाका ५ हजार ९ सय १९, पाकिस्तानका ४ हजार १ सय ६४ शान्ति स्थापकहरु तैनाथ छन् ।

राष्ट्रसंघीय शान्ति मिशनमा नेपालका सबैभन्दा बढी ट्रुप अर्थात सैनिक जवानहरु तैनाथ छन् । विभिन्न मिशनमा नेपालका ५ हजार ५ हजार ८ सय ६५ ट्रुपहरु, ४२ जना मिशन एक्सपर्टहरु, १८० फर्म्र्ड पुलिस युनिटहरु, ५६ जना प्रहरी र १०४ स्टाफ अफिसरहरु तैनाथ छन् ।

पश्चिमी साहाराको मिनुर्सो मिशनमा ५ जना, सेन्ट्रल अफ्रिकन रिपब्लिकको मिनुस्का मिशनमा १ हजार २ सय ३९ जना, मालीको मिनुस्मा मिशनमा ८३ जना, कंगोमा मोनुस्को मिशनमा १ हजार १ सय ५० जना, इराकमा उनामी मिशनमा ८८ जना, सिरिया र इजरायलको युद्ध रोक्न तैनाथ अन्डफमा ४८६ जना तैनाथ छन् ।

साइप्रसको अन्फीसाइपमा ४ जना, लेबनानको युनिफिलमा ८ सय ७२ जना, सुडानको अब्येयीमा तैनाथ युनिस्फामा १०५ जना, हुडायेडाहमा २ जना, सर्बियाको कोसोभोमा १ जना, सुडानको अनमिसमा १ हजार ९ सथ ७४ जना, लिबियाको अन्समिलमा २३५ जना तैनाथ छन् सोमालियामा १ जना, ट्रस सुपरभिजन अर्गनाइजेशनमा २ जना तैनाथ छन् ।

यी विभिन्न मिशनहरुमा कैयौं पटक नेपालीहरुले पूरै मिशनको नेतृत्व गरेका छन् । केही मिशनहरुमा अहिले पनि नेपालीहरु कमाण्डिङ अफिसरहरु छन् । नेपालले यसरी राष्ट्रसंघका शान्ति मिशनहरुमा शान्ति स्थापकहरु पठाउन थालेको दशकौं भइसकेको छ । राष्ट्रसंघका मिशनहरुमा यसअघि सबैभन्दा धेरै शान्ति स्थापकहरु बंगलादेशका थिए ।

अहिले नेपालले उछिन्नुको पछाडि केही मिशनहरु बन्द भएर त्यहाँ तैनाथ बंगलादेशी सैनिकहरु फिर्ता भएका कारण हुन सक्ने नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले बताएका छन् । अन्तर्राष्ट्रिय संख्याले नेपाली सेनामाथि विश्वास गरेर यति ठूलो संख्यामा नेपाली सैनिकहरु माग गर्नु नेपालको लागि गौरवको विषय भएको उनले बताएका छन् । विश्वका १२२ राष्ट्रले राष्ट्रसंघको आह्वानमा शान्ति सैनिक खटाउँदै आएका छन्।

Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top