युक्रेनयुद्धमा मारिएका नेपालीलाई रुसले क्षतिपूर्ति दिने

३ फागुन , एजेन्सी । 
नेपालका तर्फबाट गरिएको लामो समयको पहलपछि बल्ल रुस नेपालीलाई क्षतिपूर्तिका लागि लचिलो भएको छ । अब रुसी सेनामा भर्ती भएर युक्रेनसँगको लडाइँमा ज्यान गुमाएका नेपालीका परिवारलाई नेपालमै क्षतिपूर्ति रकम पठाउन रुस सरकार तयार भएको हो । मस्कोमा रहेको नेपाली दूतावासमार्फत परिवारलाई क्षतिपूर्ति पठाउन रुस सहमत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

रुसी सेनामा भर्ती भएर युद्धमा मारिएको पुष्टि भएका १० जना नेपाली नागरिकका परिवारले अब सरकारी संयन्त्रमार्फत क्षतिपूर्ति पाउने भएका छन् । यसअघि रुसले मृतकका परिवारका एकजना सदस्य क्षतिपूर्तिका लागि मस्को नै आउनुपर्ने भन्दै आएको थियो । क्षतिपूर्तिका लागि रुसमा रहेको नेपाली दूतावासले मृतकका परिवारसँग समन्वय गरेर मृतकको पहिचान र सम्बन्ध खुलाउने कागजात पठाउने भएको छ ।

दूतावासले कागज प्रमाणित गरेर क्षतिपूर्ति रकम बुझेपछि त्यो रकम परराष्ट्र मन्त्रालयमा आउनेछ । त्यसपछि जिल्ला प्रशासन कार्यालयमार्फत पीडितका परिवारलाई क्षतिपूर्तिबापतको रकम हस्तान्तरण गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मृतकका परिवारले कति रकम बराबरको क्षतिपूर्ति पाउँछन् भन्ने यकिन भैसकेको छैन ।

Advertisement

यद्यपि उसले युक्रेन युद्धमा ज्यान गुमाउनेका परिवारलाई पाँच मिलियन रुबल झन्डै ७५ लाख नेपाली रुपैयाँ दिने कानुन बनाएको थियो । अब त्यसमा बिमा पनि भए त्योभन्दा अझै बढी रकम मृतक परिवारले पाउनसक्ने कन्सुलर विभागका अधिकारीहरु बताउँछ। नेपाली राजदूतावासले लगातार संवाद गरेपछि माघको पहिलो साता मृतक नेपाली नागरिकका परिवारलाई आफ्नो कानुनअनुसार क्षतिपूर्ति दिने जवाफ दिएको थियो।

नेपालले रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता पठाउन र युद्धमा मारिएका नेपालीका परिवारलाई उचित क्षतिपूर्ति दिन कूटनीतिक नोट पठाएको थियो । यस्तै रुसी सेनामा कति नेपाली कार्यरत छन् भन्ने यकिन विवरण पनि छैन । रुसमा रहेका परिवारका सदस्यलाई स्वदेश फर्काउन पहलका लागि माग गर्दै दुई सय ५० भन्दा धेरै परिवारले कन्सुलर सेवा विभागमा निवेदन दिएका छन् ।

Advertisement

रुस–युक्रेन युद्धमा ज्यान गुमाउनेमध्ये हालसम्म १२ जना नेपालीको मात्र औपचारिक पुष्टि भएको छ । युद्धमा परी सम्पर्कविहीन र घाइते हुनेको विवरण नेपाल र रुस दुवैले सार्वजनिक गरेका छैनन । रुसले मृत्यु प्रमाणपत्र उपलब्ध गराएपछि मात्रै परराष्ट्रले त्यसबारे सार्वजनिक गर्दै आइरहेको छ ।

काठमाडौंस्थित कन्सुलर विभागमा सम्पर्कविहीनको खोजीनिती तथा उद्धार गरिदिन भन्दै निवेदन दिने पीडित परिवारको संख्या दिनहुँ बढिरहेको छ । केही दिन अघि मात्रै सीएनएनले १५ हजार नेपाली रुसी सेनामा भर्ती भएको उल्लेख गरेको थियो । यसको आधिकारिक तथ्याङ नेपाल सरकारसँग समेत रहेको छैन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

सम्बन्धित समाचार

Scroll to Top