बाबुरामले टोपबहादुरकी श्रीमतीले दिएको टोपी किन सम्झिए ?

२ फागुन ८०, बिहीबार

३ फागुन , काठमाण्डौ । 
तत्कालीन नेकपा माओवादीका नेता पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले जनयुद्धकालीन भूमिगत अवस्थाबाट वार्ताको समयमा सार्वजनिक हुँदा लगाइएको टोपीको रहस्य खुलाएका छन्। उनले बिहीबार सामाजिक सञ्जालमा त्यस अवधिमा ‘बाबुराम टोपी’को रुपमा ब्राण्ड बनेको उक्त टोपी पहिरिँदाको अन्तरकथा सार्वजनिक गरेका हुन्।

उनले टोपी लगाइएको क्षणको स्मरण गर्दै उक्त टोपी तत्कालीन माओवादीमा आफ्नो विश्वासपात्र रहेका नेता टोपबहादुर रायमाझीको श्रीमती मीरा रायमाझीले किनिदिएको बताएका छन्। अहिले टोपबहादुर रायामाझी नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । उनले बाबुरामले जस्तै माओवादी त्यागी सकेका छन् । उनी माओवादीमा बाबुराम निकट मानिन्थे ।

२०५२ साल फागुन १ गतेदेखि तत्कालीन माओवादीले जनयुद्ध सुरु गरेपछि भूमिगत भएका भट्टराईले २०५९ मा युद्धविराम पछि सरकारसँग वार्ताकालको समयमा सार्वजनिक हुँदा लगाएको टोपी निकै चर्चीत बनेको थियो। माओवादीमा भट्टराईका विश्वासपात्रका रुपमा चिनिएका रायमाझीकी श्रीमतीसँग तत्कालीन अवस्थालाई मध्यनजर गर्दै पोशाकको व्यवस्था गर्न आग्रह गर्दा उनले नै सो टोपी ल्याइदिएको बताएका छन्।

जनयुद्धकालदेखि शान्तिप्रकियामा आइसकेपछि पनि माओवादीभित्र भट्टराई पक्षका रुपमा रायमाझी परिचित थिए। तथापि पछिल्लो समये नयाँ शक्ति गठन गर्न भट्टराईले माओवादी छाडेपछि भने रायमाझीले उनलाई साथ दिएनन्। माओवादीमै रहेका टोपबहादुर २०७५मा उनको दलले एमालेसँग एकता गरेपछि नेकपामा पुगेका थिए।

यद्यपि पार्टी एकता दुई वर्ष टिक्न नसकेर अलग भएपछि उनी एमालेमै रहेका थिए। एमालेको सचिव रहेका रायमाझी अर्घाखाँचीबाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भएपनि अहिले निलम्बित छन्। रायमाझीकी श्रीमतीले किनिदिएको टोपीको स्मरण बाबुरामले यसरी गरेका छन् ।

‘बाबुराम टोपी’ को अन्तरकथा २०५९ माघ–फागुनको कुरा हो। तत्कालीन माओवादी र सरकार वीच युद्धविराम घोषणा भयो! मेरो नेतृत्वमा माओवादी वार्ता टोली गठन भएर काठमाण्डौमा खुला हुने निर्णय भयो। खुला हुने दिन कुन भेषमा प्रस्तुत हुने? भन्ने प्रश्न उठ्यो! वार्ता भंग भएर फेरि भूमिगत हुनुपर्ने हुनसक्थ्यो। टोपबहादुर रायमाझीकी पत्नी माया रायमाझी संगै हुनुहुन्थ्यो! मैले भने– ‘ लौ बैनी, तपाईंले आइडिया निकाल्नोस् त! जे मनलाग्छ बजारबाट ल्याउनोस्।’ उहाँले यही टोपी सहितको ड्रेस किनेर ल्याउनुभयो! हामी चैतमा काठमाण्डौमा यही टोपी सहित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सार्वजनिक भयौं! चार महिना पछि वार्ता भंग भएर हामी पुनः भूमिगत भयौं! टोपी चाहिं ‘ बाबुराम टोपी’ को ब्राण्ड बनेछ !

पूर्वप्रधानमन्त्री भट्टराईले प्रत्यक्ष निर्वाचित भएर संसदीय निर्वाचन नलड्ने घोषणा गरिसकेका छन् । उनको दल नेपाल समाजवादी पार्टी पुन नेकपा माओवादी केन्द्रसँग एकताको अन्तिम तयारीमा रहेको छ ।

भर्खरको समाचार

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

सम्बन्धित समाचार

Scroll to Top