NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

जीबीसँग पूर्वडीआइजी छविलालको छैन् कनेक्सन, घरपनि भाडामा

बिहिबार फाल्गुन ३ , २०८०
Reading Time: 1 min read
A A
Nepal Top
जीबीसँग पूर्वडीआइजी छविलालको छैन् कनेक्सन, घरपनि भाडामा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

३ फागुन ,काठमाण्डौ ।

बहुचर्चित पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अहिले जिल्ला प्रहरी कार्यालय कास्की, सम्पत्ति शुद्धीकरण लगायतबाट अनुशन्धान भईरहेको छ भने यो विषय अदालतमा समेत विचाराधीन छ । अनुशन्धानकै क्रममा काठमाडौंस्थित पूर्वप्रहरी नायव महानिरीक्षक छविलाल जोशीको घरमा प्रहरीले छापा मारेको र त्याहाबाट सहकारीको सम्पूर्ण सर्बर फेला पारेको खबर बाहिरिएपछि यो घटनामा पूर्वडीआईजी जोशीको नाम समेत जोडिरहेका बेला जोशीले भने जीबी राई जोडिएको सहकारीमा आफ्नो कुनै सरोकार नरहेको दाबी गरेका छन् ।

जीबीले रकम हिनामिना गरेको आरोपमा अनुसन्धान चलिरहेको सहकारीको सामान आफूले नराखेको जोशीले बताएका छन् । नेचरहब्स कम्पनीमा पहिले आफू पनि संलग्न रहेको तर जीबी राईसँगको व्यापारिक साझेदारी तीन वर्षअघि नै छोडिसकेको प्रमाण पनि जोशीले नेपाल टाइम्सलाई उपलब्ध गराएका छन् । नेचरहब्सले नै आफ्नो शंखमूलस्थित घर दुई वर्षका लागि भाडामा लिएको बताएका छन् ।

नेपाल टाइम्ससँगको कुराकानीमा जोशीले भनेका छन्, ’मैले जीबी राईसँग नेचरहब्ससँगको साझेदारी २०७७ सालमै छोडेको हो । नेचहब्सले मेरो घर दुई वर्षका लागि भाडामा लिएको थियो । २०८१ मा सम्झौता सकिन्छ,’ यसको सम्पूर्ण प्रमाण मसँग रहेको छ । उनले भनेका छन् भाडामा दिएको घरमा के राखिएको छ भन्ने कुरा मलाई कसरी थाहा हुन्छ ।

उनले आफ्नो सालग्नता रहदै नरहेको विषयमा आफुसमेत मतियार रहे जसरी एकतर्फी रुपमा समाचार सार्वजनिक भएकोमा समेत आपत्ति जनाएका छन् । उनले आफू राष्ट्र सेवक नेपाल प्रहरीको पूर्व सदस्य भएकाले कुनै पनि गलत काम गरेको प्रमाणित भए दोब्बर सजाय भोग्न तयार रहेको बताएका छन् । राईले सहकारीको रकम लगानी गरेको भनिएको गोर्खा मिडिया ग्रुपबाट सञ्चालित ग्यालेक्सी टेलिभिजन पनि प्रसारण भएकै दिन आफूले छोडेको जोशीले बताएका छन् ।

गत माघ २५ गते जोशीको शंखमूलस्थित घरमा प्रहरीले छापा मारेको थियो । काठमाडौँ महानगरपालिका वडा नम्बर १० स्थित जोशीको सो घरमा चार वर्षदेखि नेचर हर्ब्स कम्पनी प्रालिले कार्यालय राखेको छ । जोशीले कागज गरेर घर भाडामा दिएका थिए । प्रहरीले सहकारीका कागजात खोज्ने क्रममा घर छापा मारेको हो । छापा मार्नुअघि जिबीको योजनाअनुसार सहकारीका डाटा मेसिन त्यहाँ राखिएको थियो ।

नेचर हर्ब्समा जिबीकै लगानी छ । त्यहाँ कुमार रम्तेलकी श्रीमती कविता तामाङ्गले हेर्दै आएकी थिइन । सूर्यदर्शन सहकारी ठगीमा जेल परेका रम्तेलकी श्रीमती कविता पनि अहिले फरार छिन् । रम्तेल जिबीका अर्का पार्टनर हुन् । उनीहरुको योजनामा कवितामार्फत सहकारीका डाटा उक्त घरमा राखिएको थियो । शुरुमा स्वर्णलक्ष्मी सहकारीका म्यानेजर नविन अछामीले नेचर हर्ब्सकी कर्मचारी पुजना श्रेष्ठलाई सर्भर राखिदिन मौखिक आग्रह गरेका थिए ।

तर,उनले मानिनन् । त्यसपछि पुस १८ गते औपचारिक पत्र लेखेर सर्भर मेसिन राखिदिन पुनः दबाब दिएको देखिन्छ । नेचर हर्ब्सका प्रशासन विभाग प्रमुखलाई सम्बोधन गर्दै नवीनले लेखेको पत्रमा ’स्वर्णलक्ष्मी सहकारी लगायतका संस्थाहरुको डाटा सुरक्षणका लागि अत्यन्त जरुरी भएकाले सिस्टम रुममा सर्भर मेसिन राख्न मिल्ने स्थान उपलब्ध गराई दिनुहुन’ भन्ने व्यहोरा छ । नवीन जिबी अध्यक्ष रहेको स्वर्णलक्ष्मीका मेनेजर हुन् ।

जोशीले घर भाडावापत काठमाडौँ महानगर पालिकालाई तिरेको आयकरको रसिद पनि प्रमाण स्वरुप हामीलाई उपलब्ध गराएका छन् । उनले भनेका छन्, यसको सबै जिम्मा नेचर हर्ब्सले लिनुपर्छ ।’ यसबारे अनुसन्धान गर्न पनि उनले माग गरेका छन् । ’अहिले पनि राज्यको पेन्सन खाने मान्छे हुँ । दोषी भए मलाई दोब्बर सजाय होस् नत्र यसरी बदनाम गर्न पाइँदैन’, सहकारी प्रकरणमा संलग्न रहेको आरोपमा अहिलेसम्म प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।

जीबीराईसहित १४ जना भने अझै फरार छन्। सूर्यदर्शन सहकारीका पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३ जना र संस्था समेत गरी १८ जनाविरुद्ध पुरक जाहेरी समेत दिएका छन्। सहकारी ठगीका मुख्य नाइके भनिएका जिबी राई ग्यालेक्सी फोर–के टेलिभिजनका सञ्चालक समेत हुन्।

उनीविरूद्ध अरू सहकारीमार्फत ठगी गरेको समेत आरोप छ। कास्कीमा मात्रै १९ हजारभन्दा बढी बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ। यो मुद्दा अहिले कास्की अदालतमा विचाराधीन छ। सहकारी प्रकरणमा रविले पनि पटक पटक विभिन्न माध्यामबाट आफ्नो सम्लग्नता नरहेको भन्दै यसको छानविनमा सहयोग गर्ने बताउँदै आएका छन् ।

उनले सहकारीको घोटालाका मुख्य अभियुक्त मानिएका जीबीलाई सरकारले नै पक्राउ गर्न नचाहेको बताउँदै आएका छन् । जीबीविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भइसकेको छ ।

Tags: #सहकारी प्रकरण#सूर्यदर्शन सहकारी ठगी प्रकरण

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Russia-Ukraine यु*द्धमा Trumpको उल्टो बयान, Modi G-7 सम्मेलनमा जाने || Nepal Times

World News: Russia-Ukraine यु*द्धमा Trumpको उल्टो बयान, Modi G-7 सम्मेलनमा जाने || Nepal Times

00:09:11

World News: Russiaले Ukraineसँग लियो बदला,बेरुतमा आ*क्र*मण,Trump China आउने || Nepal Times

00:17:05

World News: रहमानको ‘राष्ट्रपिता’ दर्जा खारेज, कूपरलाई मध्य पूर्वको जिम्मा || Nepal Times

00:12:01

World News: कोरियाली राष्ट्रपतिले किमलाई मनाउने, पाकिस्तानले भारतसँग शान्ति खोज्यो || Nepal Times

00:10:53

World News: Russia-Ukraine यु*द्धविराममा असहमत, Iranलाई UN को चेतावनी || Nepal Times

00:13:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

हालका पोस्टहरू

प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.