आज सुनचाँदीको भाउ वृद्धी

५ फागुन ८०, आइतबार

६ फागुन ,काठमाण्डौ ।

Advertisement

साताको पहिलो दिन अर्थात् आइतबार पनि नेपाली बजारमा सुन–चाँदीको भाउ बढेको छ।अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला छ सय रूपैयाँ बढेको सुनको भाउ मूल्य यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ।शुक्रबार प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १४ सय ३० रूपैयाँमा किनबेच भइरहेको छ।

Advertisement

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार १३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top