रविले कहाँ गरेका छन् भ्रष्टाचार? भने मेरो फाइल खोल्नु

५ फागुन ८०, आइतबार

६ फागुन ,काठमाण्डौ ।

ललितपुरको बालकुमारी घटनालाई लिएर प्रतिनिधिसभाको बैठकमा विपक्षी दलले गृहमन्त्री र यातायात मन्त्रीलाई तत्काल बर्खास्त गनै माग गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारी घटनामा दोषी ठहर भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कारबाही गर्ने कि नगर्ने भनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गरेका छन् ।

प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आजकै बैठकमा प्रधानमन्त्री दाहालले त्यस प्रश्नको जवाफ दिनुपर्ने माग समेत गरेका छन् । सभापति लामिछानेलेसो घटनामा दोषी करार मन्त्री ज्वालाले नैतिकताको आधारमा राजीनामा नदिएको, प्रधानमन्त्री दाहालले समेत चुइँक्क नबोलेकोमा आपत्ति जनाउँदै अब प्रधानमन्त्रीले सुशासनको भाषण गर्दै हिँड्ने नैतिकता समेत गुमाएको भताएका छन् ।

लामिछानेले आफू र आफ्ना पार्टीका सांसदहरूबाटै भ्रष्टाचारको फाइल खोल्न सरकारलाई चुनौती पनि दिएका छन्। ‘भ्रष्टाचारलगायतका फाइल खोल्न रास्वपाबाट सुरु गरोस्, अन्य दलबाट नगरोस्,’ सभापति लामिछानेले भने। साथै उनले सरकारले आफ्ना मान्छे बचाउन र अन्यलाई फसाउन खोजेको गन्ध आएको पनि बताए।

‘आफ्ना मान्छेलाई बचाउन खोज्ने र अन्यलाई फसाउन गर्ने प्रयासको गन्ध आएकोले म ध्यानाकर्षण गराउँछु। सरकारले फाइल खोल्ने हो भने म हुँदै मेरा सांसदहरूको फाइल खोलोस्, तर अर्को फाइल नखोलोस्। किनकी सरकारले फाइल खोल्ने भनेको आफ्ना मान्छे बचाउन रहेछ,’ उनले भनेका छन् । सरकारले मुद्दा कमजोर बनाएर अदालतलाई फैसला गर्नका लागि समेत असहज बनाएको उनले बताए।

उनले सरकारको नियतमा शंका भएको बताएका छन् । लामिछानेले सरकारले फाइल किन खोल्दो रहेछ भन्ने उदांगो भएको पनि बताएका छन् । दुई युवाले ज्यान गुमाएको बालकुमारी घटनामा दोषी ठहर भएर पनि प्रधानमन्त्री मौन बसेको भन्दै लामिछानेले आफ्ना आएपछि सरकारले फाइल लुकाउने गरेको बताए ।

उनले सरकारले प्रमाण नभेटेका मान्छेलाई नक्कली प्रमाण र नक्कली उजुरी गरेर पनि कारबाहीको प्रयासमा रहने गरेको भन्दै प्रमाणितहरूलाई भने जोगाउन लाग्ने गरेको बताए । “सरकार प्रमाण केही पनि नभएकाहरूलाई प्रमाण खोजेर जसरी पनि समात्न भनेर दबाब र्सिजनाका लागि रहने, छताछुल्ल भएकाहरूलाई आफ्ना वरपर राखेर हिडिँरहने हो भने विधिको शासनका बारेमा अब नबोले पनि हुन्छ,” लामिछानेले भने, “हामी बुझ्दछौँ गठबन्धनको पीडा, हामी बुझ्दछौँ प्रधानमन्त्रीसँग जम्मा ३२ सिट मात्र हुँदाको पीडा, हामी यो पनि बुझ्दछौँ नेपाली जनताले भोग्नुपरेको पीडा, जसको सत्ता टिकाउनका लागि आधार नबनोस् ।”

यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अविलम्व बर्खास्त गर्न माग गरेको छ । प्रतिनिधिसभा बैठकको आकस्मिक समय लिएर बोल्दै सचेतक महेश बर्तौलाले बालकुमारी घटनामा दोषी ज्वाला र श्रेष्ठलाई निलम्बन गर्नुपर्ने माग गरे । सरकार आफैँले बनाएको अयोगले भौतिकमन्त्री ज्वाला दोषी भनेपछि किन निलम्बन नगरको भनदै प्रश्न गरेका छन् ।“प्रधानमन्त्रीले बर्खास्त गरेको भन्ने सूचना पाएनौँ । सिपाहीलाई कारबाहीको डन्डा, मन्त्रीलाई उन्मुक्ति हुन सक्दैन,” उनले भनेका छन् ।

यस्तै, टेरामक्स प्रकरणमा अख्तियारमा बयान दिएका पूर्वसञ्चारमन्त्री तथा वर्तमान स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई पनि अनुसन्धानमा सहयोग गर्न बर्खास्त गर्न माग गरे । यस्तैउनले रामग्राम क्षेत्रमा निजी क्षेत्रलाई दिने प्रपन्चमा लागेका पर्यटनमन्त्री सुदन किरातीको पनि राजीनामा माग गरेका छन् । उनले भनेका छन् “राम ग्राम क्षेत्रमा घरबेटीको छोरालाई खुसी बनाउन ९९ रोपनी जग्गा दिने कोषका अध्यक्ष पर्यटनमन्त्रीले पनि जिम्मेवारी लिनुपर्छ र राजीनामा दिनुपर्छ,”

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top