×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपाल ‘ए’लाई पहिलो खेलमै धक्का,क्यानडासंग पराजित

६ फाल्गुन २०८०

६ फागुन ,काठमाण्डौ ।

क्यानडासंगको तीन खेलको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ ४ विकेटले पराजित भएको छ । जितका लागि २१७ रनको लक्ष्य पाएको क्यानडा ११ ले ६ विकेट गुमाएर भेट्टाएको थियो । माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २१६ रनको योगफल बनाएको थियो ।

Advertisement
Advertisement

नेपाल ‘ए’ का लागि बसिर अहमदले सर्वाधिक ५० रनको योगदान दिए । उनले ५५ बलमा तीन चौका र एक छक्काको मद्दतले अविजित ५० रन बनाएका हुन् । त्यसैगरी रासिद खानले ४० रन बनाए भने मयन यादवले ३५ रन जोडे । किरण ठगुन्नाले २५, विवेककुमार यादवले २१ र सन्दीप जोराले १४ रन बनाए ।

क्यानडका लागि कप्तान साद बिन जाफले तीन विकेट लिए भने इश्वरजीत सोहीले दुई विकेट झारे । त्यस्तै डिलोन हेलिगर, हर्ष ठेकर र शाहिद अहमदजाइले समान एक÷एक विकेट लिए । नवानित धलिवल र निखिल दत्तले अर्धशतक प्रहार गरे । निखिल ६७ रनमा नटआउट रहे ।

संयमित इनिङ खेलेका उनले १ सय १५ बलमा ५ चौका र १ छक्का प्रहार गरे । श्रेयास मोभाले २७ बलमा २ चौकासहित २३ रन जोड्दै साथ दिए । सागर ढकालको बलमा क्याच आउट हुनुअघि धलिवलले ८० रन जोडे । उनले ७६ बलमा १० चौका र २ छक्का प्रहार गरे ।

यसैबीच डिशहोमले पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण आफ्नो एक्शन स्पोर्ट्स एचडी च्यानलमा विशेष रूपमा गर्ने भएको छ । नेपालीहरुको क्रिकेट प्रतिको माया र साथ देखेर १७ फेब्रुअरीबाट प्रत्यक्ष प्रसारण गरिएको डिशहोमले जनाएको छ ।

१७ फेब्रुअरीदेखि मार्च १८, २०२४ सम्म नेपालभरका दर्शकहरूले पाकिस्तान सुपर लिगका सबै लाइभ एक्शनहरू हेर्ने रोमाञ्चक अवसर पाउनेछन् । रोमाञ्चक क्याचदेखि सनसनीपूर्ण रन चेजसम्म, पीएसएलले उत्कृष्ट रूपमा क्रिकेटको उत्साह प्रदान गर्ने वाचा गरेको छ ।

Advertisement

एक्शन स्पोर्ट्स एचडी मा यो विशेष प्रसारणको साथ, क्रिकेट प्रेमीहरूले वर्षको सबैभन्दा प्रत्याशित क्रिकेट घटनाहरू मध्ये एकको विद्युतीय वातावरणमा आफू रम्न सक्ने कम्पनीको विश्वास छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top