×

NEPAL TIMES UPDATES

Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटपछि जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026

नैतिकता हराएका मन्त्री ज्वालाले राजीनामा दिँदै नदिने, छानविन नै पूर्वाग्रही

७ फाल्गुन २०८०

७ फागुन , विराटनगर। 

केही दिन अघिको मात्रै घटना हो हंगेरीकी राष्ट्रपति क्याटालिन नोभाकले बाल यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर भएका व्यक्तिलाई माफी दिएकोमा खेद प्रकट गर्दै नैतिकताको आधारमा राजीनामा दिएकी थिइन् । हाम्रै छिमेकी राष्ट्रमा समेत रेल दुर्घटनाको नैतिक जिम्मेवारी लिदै रेल मन्त्रीले माफी माग्दै राजीनामा दिएका उदाहरण छन् । हाम्रैमा पनि केहीले बोलीका कारण, कतिपय संदर्भमा नैतिकताका कारण एकाध नेताहरुले राजीनामा दिएर वा माफी मागे र पद छाडेका उदाहरण छन् ।

Advertisement
Advertisement

माफी र राजीनामाले नेताको कद जनताका अघि घट्दैन बरु अझ बढ्दछ । तिनै जनतासामु फेरि फेरि भोट माग्न जादा लज्जित हुनु पर्दैन् । तर धेरै यस्ता ढिट, नैतिकहिन, लाजपचाएका, विभिन्न प्रमाणसहित अनुशन्धानबाटै दोषी पुष्टि हुँदा, आरोपित भइसक्दा, राजीनामाका लागि चौतर्फी माग हुँदा, प्रदर्शन र दबाव आउँदा पनि कुनै हालतमा कुर्सी नछाड्नेहरु पनि हाम्रै नेता छन् । जसलाई हेर्दा यो राजनीति भन्ने त फोहोरी खेल नै रहेछ ।

नेताहरु भनेका त समाजमा सबैभन्दा धेरै लाजपचाएका, सत्ता र कुर्सीका लागि जतिसुकै गाली र आलोचना पनि खेप्नसक्ने, जतिसुकै औंला ठडिएपनि किच्च हासेर मेरो त कुनै गल्ती नै छैन भनिरहने ढिट, इमान, संवेदना, शरम सबै हराएकाहरु रहेछन् भन्ने लाग्छ । यहाँ सजाय भोगिरहेकाहरु पनि जेलभित्रैबाट पार्टी खोल्ने, चुनाव लड्ने, फरारहरु पनि सांसद बन्ने, डनहरु नेता बन्ने, अदालतले दोषी ठहरिएकाहरु माफी पाएर फेरि सरकार बनाउँने त चलिआएको र फस्टाएको चलन नै बसिसकेको छ।

राजनीतिमा, सत्तामा, सरकारमा, दलमा जताततै डनगरी चलिरहेको अवस्थामा अहिले एक मन्त्री निकै चर्चामा छन् । यो चर्चा सुल्टोबाट होइन कि उल्टोबाट । गठबन्धन सरकारमा एकीकृत समाजवादीबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका प्रकाश ज्वालाले त्यस्तै ढिट, शरम पचाएको, नैतिकता हराएको, इमानजमान नै विर्सिएको उदाहरण यतिबेला प्रश्तुत गरेका छन् । सडकदेखि, सामाजिक संजाल, संसदमा समेत चौतर्फी उनको राजीनामा मागिएको छ ।

राजीनामामात्रै होइन कारबाहीकै लागि सांसदहरुले प्रधानमन्त्रीसामु माग गरेका छन् । त्यो पनि प्रतिपक्ष नभएर सत्ता पक्षबाट समेत । तर ज्वाला भने कुनै पनि हालतमा राजीनामा नदिने चट्टानी अडानमा छन् । नत उनलाई चलाउन गठबधन्नको जगमा सरकार चलाइरहेका प्रधानमन्त्रीले नै हिम्मत गर्न सकेका छन् ।

यसअघि मन्त्री ज्वाला नै गत पुस १३ गते दुईजना युवकको ज्यान जाने गरी ललितपुरको बालकुमारीमा भएको घटनामा ‘मुख्य दोषी’ भन्दै राजीनामा मागिएकोमा छानविनबाट समेत ज्वाला नै दोषी देखिएपछि अहिले सर्वत्र राजीनामा माग गरिएको छ । अनुशन्धान समितिले नै उनी दोषी भएको निश्कर्ष निकालेको छ । तर मन्त्री प्रकाश ज्वालाले पद नछाड्ने अड्डि कसेका छन् ।

ज्वालाको राजीनामा मागिरहेका बेला एकीकृत समाजवादी पार्टीका केन्द्रीय कार्यालय सचिव जीवनराम श्रेष्ठले कुनै पनि हालतमा ज्वालाले पद नछाड्ने बताएका छन् । उनी भन्छन्, ‘गल्ती अरुले गरेका छन्, राजीनामा हाम्रो मन्त्रीले दिनुपर्ने कुरा जायज हुँदैन’, । उता समाजवादीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पनि ज्वालाले पद छाड्नेबारेमा अध्यक्ष माधवकुमार नेपालसँग कुनै कुरा नभएको बताएका छन् ।

पार्टीले यसबारे कुनै छलफल नगरेको उनी बताउँछन् । समाजवादीको तर्फबाट मन्त्री भएका ज्वालामाथि राजनीतिक प्रतिशोधसँगै भ्रष्टाचार नियन्त्रणका लागि चालिएको कदमका कारण पूर्वाग्रहवश प्रतिवेदन बनाइएको आरोप पनि श्रेष्ठले लगाएका छन् ।
जबकी बालकुमारी घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिव नारायणप्रसाद भट्टराईको संयोजकत्वमा गठन गरेको जाँचबुझ आयोगको प्रतिवेदनले मन्त्री ज्वालालाई मुख्य दोषी ठहर गर्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन दिएको छ ।

त्यही आधारमा अहिले ज्वालाले नैतिक गल्ती स्वीकार्दै राजीनामा मागिएको हो । हिजो संसदमा पनि एमाले, राप्रपा, रास्वपाका सांसदहरुले उनको राजीनामासहित कारबाहीको माग गरेका थिए । एमालेले त प्रधानमन्त्री प्रचण्डलाई २४ घण्टाको अल्टिमेटम नै दिएको थियो । स्वयं सरकार चलाइरहेको माओवादीका नेता जनार्दन शर्माले पनि राजीनामा माग गरे । यस्तै चित्रबहादुर केसीलगायतका सांसदहरुले ज्वालामा नैतिकता नै नभएको भन्दै राजीनामा मागे ।यसबारेमा प्रधानमन्त्रीलाई प्रश्नहरु सोधियो ।

जवाफमा प्रचण्डले आफूले अनुशन्धान समितिले बुझाएको प्रतिवेदन नै पढ्न पाएको छैन्, पढेपछि के गर्ने हेरौला भन्दै तर्किए । यता मन्त्री ज्वालाले भने राजीनामा दिने त के माफीधरी माग्न अवास्यक ठानेका छैनन् । एकीकृत समाजवादीका सचिवले भ श्रेष्ठ भन्छन्, ‘हामीले प्रतिवेदन पढ्न माग्दा अहिलेसम्म दिइएको छैन’, ‘श्रम मन्त्रालयसँग सम्बन्धित विषयमा प्रदर्शन भएको छ, गृह मन्त्रालयअन्तर्गतका प्रहरीले गोली चलाएर ज्यान गएको छ, त्यही बाटो हुँदै सिंहदरबार जान चाहँदा नसकेको मन्त्रीलाई दोषी भनिएको छ।’ श्रेष्ठले गल्ती गर्दै नगरेको कामको सजाय भोग्न आफ्नो पार्टीका मन्त्री तयार नभएको भन्दै ज्वालाको बचाउ गरेका छन् ।

समाजवादी अध्यक्ष नेपालको सचिवालयले पनि ज्वालाको राजीनामाबारे अहिलेसम्म कुनै औपचारिक कुरा नभएको बताएका छन् । ‘यसबारेमा हाम्रो पार्टीमा कुनै चर्चा भएको छैन । अध्यक्षले पनि यसबारे कुनै कुरा गर्नु भएको छैन’, नेपालको सचिवालयका सदस्य भन्छन्, ‘गठबन्धनमा हामीलाई अप्ठ्यारो पार्ने गरी कुरा आएका छन्। यसलाई लिएर हामी सचेत छौँ।’ यता जाँचबुझ आयोगले भने शुक्रबार उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा मन्त्री ज्वालासहितलाई दोषी ठहर गरेको छ ।

उक्त आयोगका एकजना सदस्यका अनुसार बालकुमारी क्षेत्रमा युवाहरूको प्रदर्शन भइरहेका बेला भौतिकमन्त्री सरकारी गाडीमा सवार भएर गएकै कारण दुईजना युवकको ज्यान जाने गरी घटना हुन पुगेको निष्कर्ष प्रतिवेदनमा निकालिएको छ । ती सदस्यका अनुसार उक्त घटनाका बेला बालकुमारीमा फिल्ड कमान्डरका रुपमा तैनाथ नेपाल प्रहरीका डीएसपी उमेश लम्साल र मन्त्री ज्वालाका पीएसओ प्रहरी नायव निरीक्षक बोधराज दनुवारको पनि मुख्य कमजोरी देखिएको छ ।

बालकुमारी घटनाको जाँचबुझ गरी एक महिनाभित्र राय, सुझाव र सिफारिससहितको प्रतिवेदन पेस गर्ने गरी नेपाल सरकार (मन्त्रिपरिषद्)ले पुस १६ मा जाँचबुझ आयोग बनाएको थियो । उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्ष तथा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक अरुण कुमार बीसी र गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव नारायणप्रसाद भटाराई सदस्य रहेको आयोगले पुस २० देखि काम सुरु गरेर १५ दिन समय थप गरी ४४ दिनमा प्रतिवेदन बुझाएको हो ।

आयोगका अध्यक्ष पौडेलका अनुसार घटनास्थलको निरीक्षण गरेको, प्रत्यक्षदर्शी, सञ्चारकर्मी, पीडितका परिवार, घटनाका घाइते, विशेषज्ञ डाक्टर तथा घटनासँग सम्बन्धित अन्य मानिस सहित १६ जनाको बयान कागज गरेको र घटनासँग सम्बन्धित सुरक्षा निकायका पदाधिकारी एवम् अन्यसमेत गरी २९ जनाको बयान गरिएको थियो । घटनालगत्तै गृह मन्त्रालयले बालकुमारी घटनामा संयमता नराखेको भन्दै सातदोबाटो वृत्तका प्रमुख डीएसपी लम्साल र मन्त्री ज्वालाका पीएसओ दनुवारलाई निलम्बन गरेको थियो ।

प्रदर्शनमा मन्त्री प्रकाश ज्वालाको सवारीमाथि आगजनी भएको थियो । त्यसमा ज्वाला र उनका पीएसओको लापरबाही देखिएको बताइएको छ । प्रदर्शन भएकै स्थलबाट ज्वालाको गाडी लापरबाही ढंगले लगिएको र सो क्रममा गाडीबाट झरेर ज्वालाले विवाद समेत गरेको बताइएको छ । सो घटनापछि सरकारले ईपीएस कोरिया शाखाका प्रमुखलाई पनि सरुवा गर्ने निर्णय गरेको थियो । यस्तै यता सरकारले मृतकका परिवारलाई तत्काल राहत स्वरूप १०–१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको थियो भने चौतर्फी आलोचना भएपछि सरकारले पुस १६ गते जाँचबुझ आयोग बनाएको थियो ।

सोही आयोगले बुझाएको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले आयोगको निष्कर्षलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । उनले सार्वभौम संसदमा समेत आफूले प्रतिवेदन अध्ययन नै नगरेको भन्दै अध्ययन पछि कार्यान्वयन गर्ने जनाएका थिए ।तर अहिलेसम्म सरकारका तर्फबाट त्यस्तो कुनै छनक देखिएको छैन ।

Advertisement

बरु उल्टै सरकारमा रहेको नेकपा एस र स्वयं मन्त्री ज्वालाले छानविन आयोगको प्रतिवेदनलाई नै गलत, पूर्वाग्रही भन्दै कुनै पनि हालतमा गल्ती भएको नस्वीकार्ने, राजीनामा नदिने दाबी गरिरहेको संदर्भमा तपाईँ टिप्पणीहरु अवस्य अवस्य ब्यक्त गर्नुहोला। ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top