ब्यूटिसियनको परीक्षा विवादमा,निष्पक्ष नभएको आरोप

६ फागुन ८०, सोमबार

७ फागुन , विराटनगर । 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) अन्तर्गतको राष्ट्रिय सीप परिक्षण समितिले सञ्चालन गरिरहेको सौन्दर्यकर्मीहरूको परीक्षा निष्पक्ष र व्यवस्थित नभएको भन्दै राष्ट्रिय सौन्दर्यकर्मी युनियन, नेपाल विराटनगर महानगर कमिटीले आपत्ति जनाएको छ । सोमबार नेपाल पत्रकार महासंघको सभाहलमा पत्रकार सम्मेलन गर्दै युनियनले विराटनगरको प्राइम इन्स्टिच्युटमा भइरहेको लेभल –२ को परीक्षा इन्स्टिच्युट र सीप परीक्षण समितिको मिलोमतोमा निष्पक्षरहित किसिमले सञ्चालन हुन नसकेको आरोप लगाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै युनियनका अध्यक्ष भलि सुब्बाले फाल्गुन ३ गते देखि सुरू भएको सीप परिक्षण परीक्षामा इन्स्टिच्युट र समितिबाट परिक्षा सञ्चालन गर्न आएका मूल्याङकनकर्ताहरूको मिलेमतोमा आफ्नो मान्छेलाई पास गराउने किसिमको भएको आरोप लगाएकी छन् । सुब्बाले फागुन ४ गतेको सबै परीक्षार्थीलाई एकै स्थानमा राखेर परीक्षा लिनुपर्नेमा परीक्षामा सामेल ८ जना मध्य केही परीक्षार्थीलाई उत्तिर्ण गराउने उद्धेश्यका साथ गोप्य कोठामा परीक्षा लिएको प्रमाण समेत रहेको बताएकी छन् ।

सुब्बाले इन्स्टिच्युटले आफ्नो संस्थाबाट तालिम लिएका प्रशिक्षार्थीलाई सजिलै पास गराएर युनियन लगायतको संस्थाबाट तालिम लिएका सौन्दर्यकर्मीलाई अयोग्य देखाउन प्राइम र मूल्याङ्कनकर्ताहरूले धाँधली गर्ने गरेको आरोप लगाएकी छन् । सो अवसरमा परीक्षार्थी गिता ढुङ्गेलले सो दिन ८ जनाको परीक्षा हुनुपर्नेमा ३ जनाको एकै स्थानमा परीक्षा लिइएको र ४ जनालाई हाजिर गरेकै भरमा पास गराउन अन्यत्र परीक्षा लिने भनेर परीक्षास्थान बाहेकको स्थानमा पठाएको आरोप लगाएकी थिइन्।

ढुङ्गेलले लामो समयको मेहनत र लगानी पश्चात आफूहरू परीक्षामा उपस्थित भईरहँदा परीक्षाकै बिचमा मूल्याङकर्ताहरूले ‘तपाईहरू फेल हुनुभयो , अर्को पल्ट आउनु’ भन्दै मानसिक दबाब दिइएको समेत बताएकी थिइन्। लेभल २ को परीक्षामा उपस्थित हुन लेभल १ पास गरेको प्रमाणपत्र र ३ बर्ष पार्लर सञ्चालन गरेको अनुभव–पत्र चाहिने र लेभल २ को परीक्षा दिन ८ घण्टा लामो प्रयोगात्मक परीक्षा र सो परीक्षामा लाग्ने सामाग्री परीक्षायार्थी स्वयमले बेहोर्नु पर्ने हुन्छ ।

पत्रकार सम्मेलनम युनियनले फागुन ३ देखि ९ गते सम्म चल्ने परीक्षाको छानबिन गर्नु पर्ने , मूल्याङकनकर्ता माथि छानबिन हुनुपर्ने , प्राइम इन्स्टिच्युटमा रहेको परीक्षा केन्द्र खारेज गर्नु पर्ने र मर्यादित र निष्पक्ष परीक्षा हुने माहोल बनाउन सिटिइभिटिसँग माग समेत गरेको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top