गगनले देउवालाई हराए ,कांगेसले भिवष्यमा एक्लै चुनाव लड्ने

७ फागुन ८०, मंगलबार

८ फागुन , काठमाण्डौ ।

Advertisement

नेपाली कांग्रेसका महामन्त्री गगान थापाको गठबन्धन नगर्ने समबन्धी प्रस्ताव र सभापति शेरबहादुर देउवाको गठबन्धन अपरिहार्य रहेको भन्ने अडानका बीच जारी महासमिति बैठकमा भविष्यमा हुने चुनावमा एक्लै लड्ने संकल्प गर्ने प्रस्ताव नै लैजाने सहमति भएको छ। यो सहमतिसँगै महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रतिवेदनले अन्तिम रुप पाएको छ।

सोमबार राति मध्यरातसम्म सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्डमा भएको छलफलमा उक्त सहमति भएको हो। छलफलमा करिब ५ घन्टा पदाधिकारी र पूर्वपदाधिकारीबीच छलफल भएको थियो। आजदेखि सुरु हुने बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगनकुमार थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक र प्रवक्ता डा प्रकाशशरण महतले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।

Advertisement

यस्तै महासमिति सदस्यको निर्वाचन नभएको वा सर्वसम्मत हुन नसकेको संघीय निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधि सबैलाई आमन्त्रित रूपमा अहिले बैठकमा सहभागी गराउने निर्णय गरिएको छ । “१४औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएर महासमिति सदस्यको निर्वाचन नभएको वा सर्वसम्मत हुन नसकेको वा कारणवश टुंगो लाग्न नसकेको संघीय निर्वाचन क्षेत्रका हकमा फागुन ७–१० का लागि आयोजित महासमिति बैठकमा भाग लिने गरी योपटकका लागि ती क्षेत्रका महाधिवेशन प्रतिनिधि सबैलाई आमन्त्रित रूपमा बैठकमा सहभागी गराउने निर्णय गरियो । ती स्थानहरूमा निर्वाचन समितिले यथाशीघ्र महासमिति टुंग्याउनेछ,” बैठकको १ नम्बर निर्णयमा उल्लेख छ ।

यस्तै, नेतृत्व परिवर्तन भएका भ्रातृसंघ र शुभेच्छुक संस्थाका अध्यक्षसहित तीनजनालाई महासमिति सदस्यका रूपमा सहभागी गराउने निर्णय गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यसैबीच सनातन हिन्दु राष्ट्रको पक्षमा रहेका नेपाली कांग्रेसका महसमिति सदस्यहरूले हस्ताक्षर अभियान चलाएका छन् ।

Advertisement

महासमिति बैठक चलिरहेको ललितपुरको गोदावरीमा स्टल नै बनाएर हस्ताक्षर अभियान चलाएका हुन्। सनातन हिन्दु राष्ट्र नेपालको अभियानको नाममा अहिलेसम्म ४ सय महासमिति सदस्यहरूले हस्ताक्षर गरेका छन्। अभियानको पक्षमा पूर्व महामन्त्री शशांक कोइरालाबाहेक अरू शीर्ष नेताहरूले हस्ताक्षर गरेका छैनन।

२०७५ सालको महासमितिमा पनि हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर अभियान चलाइएको थियो। त्यतिबेला भने कोइरालाले यो एजेण्डामा हस्ताक्षर गरेका थिएनन् । त्यसबेला महासमितिमा रहेका ७२१ जना सदस्यहरूले हस्ताक्षर गरे पनि त्यसले बैठकमा औपचारिक प्रवेश भने पाएको थिएन।

केही समय अघि महासमितिको तयारीका लागि बसेको वैठकमा २२ केन्द्रिय सदस्यले पुरक प्रतिवेदन सभापति शेरबहादुर देउवालाई वुझाएका थिए । यसपटक पनि कांग्रेसले यो एजेण्डालाई आधिकारिकता नदिने प्रचार विभाग प्रमुख मीन विश्वकर्माको दावी छ ।

महासमितिमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा, अर्थमन्त्री डा प्रकाशशरण महत र लेखा प्रतिवेदन पेश हुने छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top