×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

यसवर्ष मलको अभाव नहुने, ठूलो मात्रामा ठेक्का आह्वान

८ फाल्गुन २०८०

८ फागुन ,काठमाण्डौ । 

कृषि प्रदान देश भएपनि कृषिमा निर्भर किसानहरुले समयमा मलखाद नपाएपछि वर्षेनी सरकारसँग गर्ने गुनासो सम्बोधनका लागि मलखादको व्यवस्थापनमा सरकार जुटेको छ। खेती लगाउने सिजनमा मल अभाव हुन नदिन सरकारले अहिले नै ठेक्का आह्वान गरिसकेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत वर्षदेखि नै ताकेता गरेर रासायनिक मलको लागि बजेट अभाव हुन नदिन निर्देशन दिँदै आएका छन्।

जसअनुसार अर्थ मन्त्रालयले कृषि विकास तथा पशुपक्षी मन्त्रालयमा निकासा समेत दिइरहेको छ। चालू आर्थिक वर्षको लागि ३० अर्ब रुपैयाँ विनियोजन भएकोमा १५ अर्ब रुपैयाँ खर्चको लागि सहमति प्रदान गरिसकेको छ। अर्थ मन्त्रालयका अनुसार यो वर्षको लागि पुस मसान्तसम्मै आधा रकम सहमति प्रदान भइसकेको छ।

यता साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले फागुन ३ गते ३० हजार मेट्रिक टन मल ल्याउन बोलपत्र आह्वान गरिसकेको छ। कर्पोरेसनले युरिया मल खरिदका लागि बोलपत्रदाताहरुलाई आह्वान गरेको हो। ३ गते प्रकाशित विज्ञापनअनुसार आगामी मार्च ६ सम्म कागजात खरिद गरी बुझाउन सकिनेछ।

प्राविधिक बोलपत्रका कागजात सोही दिन खोलिनेछ भने त्यसको तीन दिनपछि प्राविधिक रुपमा योग्य बोलपत्रदाताको विवरण सार्वजनिक गरिनेछ। आर्थिक बोलपत्र पेस गर्ने मिति आगामी मार्च १५ तारिखलाई तोकिएको छ। कर्पोरेसनका अनुसार सोही दिन आर्थिक बोलपत्र खोलिनेछ।

मल खरिदमा इच्छुक खरिदकर्ताले दुईवटा बोलपत्र पेस गर्नुपर्नेछ। आफूले खरिद गरी ल्याउन चाहेको रकम बाहिर खुलाएको पाइए त्यो बोलपत्र स्वतः रद्द हुने कर्पोरेसनले जनाएको छ। खरिदकर्ताले उक्त रकम अमेरिकी डलरमा उल्लेख गर्नुपर्नेछ। त्यस्तै कृषि सामग्री कम्पनीले पनि सोमबार ३० हजार मेट्रिक टन युरिया मलको लागि नै ग्लोबल बोलपत्र आह्वान गरेको हो।

प्रकाशित विज्ञापनअनुसार आगामी मार्च १९ सम्म कागजात खरिद गरी बुझाउन सकिनेछ। प्राविधिक बोलपत्रका कागजात सोही दिन खोलिनेछ भने आर्थिक बोलपत्र पेस गर्ने मिति आगामी अप्रित ५ सम्मको लागि तोकिएको छ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top