वाफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा,साम्बाको ह्याट्रिक

१० फागुन ८०, शुक्रबार

११ फागुन, एजेन्सी ।

साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा नेपाली महिला टोली सेमिफाइनलमा पुगेको छ । समूहगत चरणमा आफ्नो एक खेल खेल्न बाँकी रहँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।समूहगत चरणको बिहीबार राति सम्पन्न खेलमा प्यालेस्टाइनले सिरियालाई १–० गोलले हराएपछि नेपाल सेमिफाइनलमा पुगेको हो ।

समूह ‘बी’ बाट नेपालसँगै प्यालेस्टाइन पनि आफ्नो एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । सिरिया र इराक भने समूहगत चरणबाटै बाहिरिएका छन् । समूहगत चरणको अन्तिम खेल शनिबार खेलिने छ । शनिबारको खेलमा नेपालले प्यालेस्टाइन र सिरियाले इराकको सामना गर्नेछन् । उक्त खेलपछि समूह विजेताको टुङ्गो लाग्नेछ ।

नेपालले समूहगत चरणको आफ्नो पहिलो खेलमा सिरियालाई ४–१ गोलको फराकिलो अन्तरले हराएको थियो । सिरियाविरुद्धको खेलमा नेपालका लागि अमिषा कार्की, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले एक–एक गोल गरेका थिए । यसैगरी नेपालले आफ्नो दोस्रो खेलमा इराकमाथि ५–० गोलको फराकिलो अन्तरको जित हासिल गरेको थियो ।

बिहीबार खेलिएको इराकविरुद्धको खेलमा नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले ह्याट्रिकसहित पाँच गोल गरेकी थिइन् । अन्तर्राष्ट्रिय फुटबलमा सावित्राले गरेको गोल सङ्ख्या पनि ५० पुगेको छ । सावित्राले पहिलो हाफमा चार र दोस्रो हाफमा एक गोल गरेकी थिइन् । निर्धारित समयको १४औँ मिनेटमा पहिलो गोल गरिन् ।

त्यसको एक मिनेटपछि नै उनले नेपालको अग्रता दोब्बर बनाइन् । सावित्राले खेलको ३६औँ मिनेटमा तेस्रो र ४३औँ मिनेटमा चौथो गोल गरेकी थिइन् । खेलको दोस्रो हाफमा पनि नेपालले एक गोल थपेको थियो । नेपालका लागि पाँचौँ गोल पनि सावित्राले नै गरिन् । उनले पाँचौँ तथा अन्तिम गोल निर्धारित समयको ७९औँ मिनेटमा गरेकी थिइन् ।

नेपाली टोलीले प्रतियोगितामा आमन्त्रित टोलीका रुपमा सहभागिता जनाएको हो । प्रतियोगिताको समूह ‘ए’ मा जोर्डन, लेबनान, साउदी अरेबिया र ग्वाम रहेका छन् । उक्त समूहबाट जोर्डन र लेबनान यसअघि नै नकआउट चरणमा पुगिसकेका छन् । यी दुवै टोलीले समूहगत चरणमा दुई–दुई जित हासिल गरिसकेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top