मेसीको नारा लागेपछि रोनाल्डोलाई असह्य, गरे अश्लील इशारा

१६ फागुन ८०, बिहीबार

१७ फागुन,एजेन्सी ।

विश्व चर्चित फुटबलर लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो विश्वभर करोडौं समर्थक रहेका प्रभावशाली खेलाडी हुन् । यी दुईमा को सर्वाेत्कृष्ट भन्ने विषयमा समर्थकहरु विश्वभर नै दुई कित्तामा बाँडिएका छन् । केही समयअघि मात्रै अमेरिकी क्लब मियामीबाट मेसी रोनाल्डो आबद्ध अल नासरसँग मैत्रीपूर्ण खेल खेल्नका लागि साउदी पुगेका थिए ।

तर रोनाल्डो मैदानमा नउत्रिएपछि मेसी केही मिनेटका लागि मात्रै नासरविरुद्धको खेलमा मैदानमा उत्रिएका थिए । सो खेलमा मेसी र रोनाल्डोलाई एक अर्काविरुद्ध खेलेको हेर्ने विश्वभरका समर्थकहरुको सपना अधुरै रहेको थियो । अहिले मेसीकै विषयलाई लिएर रोनाल्डो विवादमा परेका छन् ।

Advertisement

एक खेलका क्रममा विपक्षी टोलीका समर्थकलाई लियोनल मेसीसँग जोडेर अश्लील इशारा गरेपछि रोनाल्डोमाथि एक खेलको प्रतिबन्ध लगाइएको छ । अल नासर र अल–सबाबबिचको खेलका क्रममा उक्त घटना भएको थियो ।उक्त खेलका क्रममा अल–सबाबका समर्थकहरूले निरन्तर रूपमा अर्जेन्टिनी स्टार लियोनल मेसीको नाम उच्चारण गर्दै रोनाल्डोलाई गिज्याइरहेका थिए ।

त्यसपछि आक्रोशित बनेका ३९ वर्षीय रोनाल्डोले अल–सबाबका समर्थकतर्फ अस्वाभाविक इसारा गरेका थिए । सोही विषयलाई लिएर रोनाल्डोलाई साउदी व्यावसायिक लिगमा एक खेल खेल्न नपाउने गरी निलम्बन गरिएको हो । उक्त खेलमा रोनाल्डोको क्लब अल नासरले अल–सबाबलाई ३–२ गोलले हराएको थियो । खेलमा रोनाल्डोले पनि एक गोल गरेका थिए ।

Advertisement

रोनाल्डोले अस्वाभाविक इसारा गरेपछि अल–सबाबका समर्थक थप आक्रोशित बनेका थिए । साउदी फुटबल महासंघको अनुशासन तथा आचरण समितिले रोनाल्डोलाई एक खेलका लागि निलम्बन गर्ने निर्णय लिएको हो । यसका अतिरिक्त रोनाल्डोले साउदी फुटबल महासंघलाई १० हजार साउदी रियाल जरिवाना पनि तिर्नुपर्ने भएको छ ।

साथै रोनाल्डोले अल–सबाब क्लबलाई पनि २० हजार साउदी रियाल क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । उक्त घटनापछि साउदी फुटबल महासंघको अनुशासन तथा आचरण समितिले रोनाल्डोसँग बयान पनि लिएको थियो । आफ्नो बयानमा रोनाल्डोले अल–सबाबलाई हराएपछि खुशी मनाउने क्रममा त्यो घटना भएको बताएका थिए ।

उनले युरोपेली फुटबलमा यस्ता घटना सामान्य भएको दाबी पनि उनले गरेका थिए । रोनाल्डो साउदी व्यावसायिक लिगको जारी सिजनमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । जारी सिजनको लिगमा उनले हालसम्म २२ गोल गरिसकेका छन् ।

Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top