×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026
Playing
Iran-US यु*द्धका कारण चीनदेखि जापानसम्म हा*हा*कार || Nepal Times
Mar 05, 2026
Playing
इ रानले अ जरबैजानमा हान्यो ड्रो न, प्रतिकार गर्ने चे तावनी|| Nepal Times
Mar 05, 2026
Playing
अमेरिकामा पर माणु मिसाइल टेस्ट, यु द्धकै बीच लन्च भयो मिनेटम्यान–३ मिसाइल|| Nepal Times
Mar 05, 2026
Playing
के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आ रोप|| Nepal Times
Mar 05, 2026
Playing
फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै || Nepal Times
Mar 05, 2026
Playing
Iranमा हम ला गरेर फसे America–Israel, हरेक दिन १ अर्ब डलर स्‍वाहा || Nepal Times
Mar 05, 2026
Playing
अहिलेसम्म कति मत खस्यो ? || Nepal Times
Mar 05, 2026
Playing
कतारको सबैभन्दा ठूलो अमेरिकी राडार ध्वस्त,मिसाइल ट्रयाकिङ बन्द|| Nepal Times
Mar 05, 2026
Playing
World News: Trumpको ह*त्या गर्ने इरानी प्रयास! अमेरिकी संसदमा यु*द्ध रोक्ने प्रस्ताव फेल
Mar 05, 2026
Playing
अर्कैको नाममा भोट हाल्न जाने प क्रा उ, धनुषामा सेनाले जफत गर्यो पर्चा || Nepal Times
Mar 05, 2026
Playing
प्रचण्ड, गगन हेलिबाट निर्वाचन क्षेत्र पुग्दा रवि गाडीबाटै, बालेन र ओली रोकिए|| Nepal Times
Mar 05, 2026
Playing
Top 15 Afternoon News || Mar-05-2026 || Nepal Times
Mar 05, 2026

खाडीमा मात्रै होइन, स्वदेशमै फल्छ सुन, सपनाका महल विपनामा

१७ फाल्गुन २०८०

१७ फागुन, विराटनगर।

सपना देख्नु ठूलो कुरा होइन । तर योजना र दृढ इच्छाशक्ति सहितको सपना अनि साकार पार्ने बाटो पहिल्याउनु चाँही ठूलो कुरा हो । जहाँ गन्तब्यमा पुग्न अनेकौं आरोह अवरोह पार गर्नुपर्दछ । अझ ठूलो कुरा भनेको, सो गन्तव्यमा टिकिरहनु, प्राप्त सफलतालाई थप विस्तार गर्नु र अरुका लागि उदाहरण बन्नु अर्काे महत्वपूर्ण कुरा हो ।

नेपाल जस्तो मुलुक जहाँ कामै छैन, वातावरण नै छैन्, भविष्य नै छैन भन्दै दैनिक हजारौं युवाहरू विदेशीरहँदा, आफ्नो क्षमता र लगन चिनेर आफ्नो माटोमा विश्वासको, सकारात्मकताको बलियो जग बसाल्नु साँच्चै नै साँच्चै नै उदाहरणीय काम हो । यस्तै उदाहरण बनेका छन्, इन्जिनियर कासिफ अलि सिद्धिकी र उनी नेतृत्वको तामीर कन्सल्ट्यान्ट एण्ड कन्स्ट्रक्सन प्रा.लि. सरसर्ती हेर्दा यो कम्पनीले भवन, पूर्वाधारहरूको जग हालेर त्यसलाई ठड्याएको देखिन्छ ।

तर वास्तवमा तामीर कन्स्ट्रक्सनले नयाँ पुस्ता वा युवा पुस्तालाई आफ्नो माटोमा सुन फलाउन सकिनेकुरा भाषणवाजीमा होइन वास्तविकतामा देखाइदिएको छ । यहाँ पनि त्यति नै सम्भावना र अवसर सुरक्षित छन् । बस केही गर्छु भन्ने हुटहुटी, मेहनत, क्षमता र सबैभन्दा ठूलो कुरा आत्मविश्वास भयो भने नेपाल गरी खानेहरूका लागि उर्वर भूमि हो भन्ने कुराको विराटनगरमा बलियो जग हालिसकेको छ, तामीर कन्सल्ट्यान्ट एण्ड कन्स्ट्रक्सनले दुई वर्षअघि स्थापना भएको यो कम्पनीको कार्यालय विराटनगर महानगरपालिका दक्षिणपट्टी छ ।

तीनजना सञ्चालकहरू, डा. आसिफ अली सिद्धिकी, शेख अब्रार अहमदले जम्मा २० लाखको पुँजीबाट यो कम्पनी खडा गरेका थिए । दुई वर्षको छोटो अवधिमै यसले डेढ करोड माथिको कारोबार गर्दैछ । केसलिया रोड नहर छेउको अमाननगरमा रहेका यी सटरहरू बनाएर आफ्नो यात्रा सुरु गरेको तामीरलाई आज विराटनगरमा परिचयको त्यति आवश्यकता नै छैन् ।

यसले छोटो अवधिमा दर्जनौं आवासीय भवन निर्माण सम्पन्न गरेको छ भने दर्जनौं निर्माणाधीन छन् । भूकम्प प्रतिरोधी बलियो संरचना, आधुनिक घर, आकर्षक डिजाइन अनि ग्राहकको सपनाको महल बनाउने सपना साकार पार्दै मुहारमा मुस्कान र प्रसन्नता दिलाउनु नै यसका विशेषता रहेको तामीर कन्सल्ट्यान्ट एण्ड कन्स्ट्रक्सनका प्रमुख कार्यकारी अधिकृत ई.कासिफ अली सिद्धिकी बताउँछन् ।

 

 

सञ्चालक मध्येका एक कासिफ यो कम्पनीको मुख्य खम्बा हुन् । सिराहामा जन्मी हुर्केका यिनले काठमाडौँमा गएर प्लस टु सके । अनि भारतबाट सिविल इन्जिनियरिङमा स्नातक गरे । त्यसपछि अन्य युवा जस्तै यिनी पनि स्वदेशको माटोलाई छाडेर विदेश हानिए, दुबई । दाजु त्यही भएकाले पनि उनको पाइला त्यतै मोडिनु स्वभाविक थियो । दुबईमा चार वर्ष काम गरे ।

पढेको क्षेत्रमा विभिन्न कम्पनीहरूमा काम गर्दा उनले धेरै खाले अनुभव बटुले । ३० वर्षीय यी युवालाई जब घरबाट बुवाको स्वास्थ्य सम्बन्धी खबर आयो अनि उनी नेपाल फर्किए । त्यसपछि भने कासिफको विदेश मोह भङ्ग भयो । उनले नेपालमै केही गर्ने सपना र संभावना देखे । आफ्नै पढाइ । अनुभव अनुशार योजना बनाए, बाटो पहिल्याए । साथीहरू खोजे र लक्ष्यतर्फ लम्किए । दुबईमा सिकेको सिप यहाँ निरन्तर पोख्दै आएका छन् ।

 

घर भवन संरचना बनाउने कुरा सानो बजेटको हुँदैन । एकमुष्ट एडभान्स लिएर काम थालनी गर्नुपर्ने हुँदा सुरुमा पक्कै पनि उनलाई सहज भएन । तर उनले धैर्य राखे । हिम्मत कहिल्यै हारेनन्, आफ्नो काम देखाउँदै गए । विश्वास जित्दै गए । अहिले त उनले जिम्मा लिएको प्रोजेक्टहरू नै करोडौं माथिका छन् । तामीरले घर निर्माण मात्रै होइन, त्यसको इन्टेरियर डिजाइनले पनि ग्राहकको मन जित्दै आएको छ ।

ग्राहकको बजेट अनुसारको सुन्दर बलियो संरचना बनाएर यसले मन जितेको छ । तामीरको कामले कासिफ मात्रै होइन आफ्ना सपनाका महल बनाइरहेका घरधनीपनि पूर्ण सन्तुष्ट छन् । विराटनगरमा यस्ता नमूनायोग्य घर निर्माण गरेर तामीरले आफ्नो विशेषता झल्काएको छ । खर्च घटाएर बलियो र आकर्षक घर निर्माण गर्ने त छदैछ, ग्राहकलाई सन्तुष्ट बनाएर पछिसम्मको सम्बन्ध पनि आत्मिय बनाइरहने खुबीले भरिएका छन् कासिफ र तामीरको सम्पूर्ण टिम ।

मृदुभाषी यिनको व्यवहारले पनि बजारमा राम्रो छाप छाडेको छ । त्यसैले त ८, १० लाखका साना संरचनादेखि करोडौंका भवन, विद्यालय निर्माणको जिम्मा दिनुपर्यो भने अचेल तामीरको खोजी गर्नेहरूको संख्या बढ्दो छ । विराटनगर मात्र होइन इटहरी, इनरुवा, धरानबाट समेत यहाँ सम्पर्क गर्नेहरूको संख्या बढ्दो छ ।

संरचना सुन्दर मात्रै होइन त्यसको उपभोग गर्नेहरूको आस्था विश्वासलाई पनि कामीरले ख्याल गर्छ । त्यसैले त वास्तु मिलाउनेदेखि साँघुरो क्षेत्रलाई पनि बढीभन्दा बढी उपयोगी बनाउन कुनै कसर बाँकी राखेको देखिँदैन । दक्ष प्राविधिक तथा इन्जिनियरहरूको टोली, आफ्नै ढुवानीका साधन, ९० जनालाई रोजगारी ।

कामदारहरुलाई बस्नेखानेसहितको सुविधायुक्त लेबरक्याम्प । स्वरोजगारमात्रै होइन सयौंलाई रोजगारीको अवसर । अनि सबैभन्दा ठूलो कुरा दैनिक विदेशीने लाखौं युवाहरुलाई स्वेदशमै केही गर्न सकिन्छ भन्ने बलियो उदाहरण बनेको छ, तामीर कन्सल्ट्यान्ट एण्ड कन्स्ट्रक्सन प्रा.लि. विराटनगर ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top