आज सुन–चाँदीको भाउमा सामान्य वृद्धी

१८ फागुन ८०, शुक्रबार
Share this
691shares

फागुन १८ , काठमाण्डौ।

Advertisement

साताको अन्तिम दिन अर्थात् आज शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला दुई सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला छ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।बिहीबार प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १३ सय ९० रूपैयाँमा किनबेच भइरहेको छ।

Advertisement

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top