×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

दशरथ रंगशाला लथालिंग ,नेपालको खेल अर्काे देशमा

१८ फाल्गुन २०८०

फागुन १८ , काठमाण्डौ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले चैत्रमा हुने पुरुष विश्वकप छनोट फुटबलको दोस्रो चरणको बहाराइनविरुद्धको खेलका लागि शुक्रबार आफ्नो प्रारम्भिक टोलीको घोषणा गरेको छ । एन्फाले घोषणा गरेको प्रारम्भिक टोलीमा गोलरक्षकका रुपमा अभिषेक बराल, विशाल सुनार, दीप कार्की र किरण चेम्जोङ रहेका छन् ।

Advertisement
Advertisement

डिफेन्डरका रुपमा अजय चौधरी, अनन्त तामाङ, अञ्जल महर्जन, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, दीपेन्द्र बीके, रोहित चन्द, सनिष श्रेष्ठ, सुमित श्रेष्ठ र योगेश गुरुङ रहेका छन् । यसैगरी मिडफिल्डरमा एरिक बिष्ट, विकाल तामाङ, कृतिषरत्न छुन्जु, लाकेन लिम्बु, मनिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, सन्तोष खत्री, सुरज ठकुरी र उत्सव राई रहेका छन् ।

स्ट्राइकरमा अञ्जन बिष्ट, आयुष घलान, दिनेश हेन्जन, गिलेस्पी जंग कार्की, हिसुब थपलिया, राजेश परियार, समिर तामाङ र सञ्जिव बिष्ट रहेका छन् । यसैबीच फिफा विश्वकप २०२६ अन्तर्गतको एसिया छनोटमा नेपालले बहराइनविरुद्धको आफ्नो होम म्याच समेत अर्को देशमा खेल्नु पर्ने भएको छ।

नेपालले बहराइनविरुद्ध चैत ८ मा घरेलु मैदानमा खेल्ने तय थियो। यो खेलपछि चैत १४ मा नेपालले बहराइनविरुद्ध उसैको मैदानमा खेल्नेछ। नेपालको एकमात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशालाको मैदानको अवस्था बिग्रिएपछि नेपालको खेल अर्कै देशमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

दशरथ रंगशालामा यसअघि रग्बी प्रतियोगिता र विभिन्न स्कुलका कार्यक्रम भएका थिए। रंगशालाको व्यवस्थापन राष्ट्रिय खेलकुद परिषदले हेर्ने गरेको छ । एन्फाले एसियाली फुटबल महासंघका प्रतिनिधिले मैदानको निरिक्षण गरेको र त्यसमा सन्तुष्ट नभएको जनाएको छ। अब अर्को भेन्यू छिट्टै घोषणा गर्ने एन्फाले जनाएको छ।

Advertisement

मैदानको अभावले नेपालले यसअघि सन् २०१९ मा दशरथ रंगशालाको पुनर्निर्माण समयमै नसकिदा कुवेतविरुद्धको खेल भुटानमा खेल्नु परेको थियो। यसपटको छनोटमा समूह ’एच’ मा रहेको नेपालले यसअघि युएईसँग ४–० र यमनसँग २–० को हार बेहोरेको थियो। युएईसँग अवे र यमनसँग घरेलु मैदानमा खेल भएको थियो।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top