बालेनले एमाले कार्यकर्ता भनेपनि ईःले दिए जवाफ

१९ फागुन ८०, आइतबार

२० फागुन, काठमाडौ । 

केही दिनअघि सुन्धारामा नगर प्रहरी र फुटपाथ व्यापारीबीच भएको भनिएको झडपका बारेमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफ्नो धारणा सार्वजनिक गरेका छन् । सामाजिक संजालमा यसबारे लेख्दै उनले सो घटनामा फुटपाथ व्यवसायीमाथि नभएर नगर प्रहरीमाथि आक्रमण भएको, आफ्नो प्रतिरक्षाका क्रममा नगर प्रहरीले लाठीचार्ज गरेको र सबैभन्दा महत्वपूर्ण कुरा ती फुटपाथ व्यवसायी नभएर एमालेका कार्यकर्ता रहेको खुलाएका छन् ।

सामाजिक सञ्जाल इन्स्टाग्रामर्फत मेयर शाहले नगर प्रहरीले कसैलाई आक्रमण गरेको नभई आत्मरक्षा मात्रै गरेको प्रस्टीकरण पनि दिएका हुन् । फलामका छडले नगर प्रहरीमाथि नै आक्रमण गरेपछि त्यसको प्रतिकार गर्नका लागि बल प्रयोग भएको उनको दाबी छ । सोही स्टाटसमार्फत उनले सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडिओ आधा मात्रै भएको र सुरुको आधा भाग संघीय सरकारले नै मेटाएको गम्भिर आरोपसमेत उनले लगाएका छन् ।

मेयर शाहले नगर प्रहरीको टाउकोमा लागेको चोटपटकसमेतको तस्बिर सार्वजनिक गर्दै सो घटनाबारे पहिलोपटक मुख खोलेका हुन् । ‘भिडियोमा देखिएकी महिला सडक बिक्रेता नभई एमाले पार्टी कार्यकर्ता हुन्,’ उनले समाजिक सञ्जाल इन्सटाग्राममा लेखेका छन् । फुटपाथमा व्यवसाय गरी बस्ने स्वरोजगार मजदुरमाथि सुन्धारा क्षेत्रमा बुधबार साँझ काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले गरेको बल प्रयोगको बारेमा यतिबेला चौतर्फी आलोचना भइरहेको छ ।

झडपमा महानगर प्रहरीका डिएसपी मनोज लामिछानेसहित ५ जना घाइते भएका महानगर प्रहरी प्रमुख राजु पाण्डेको भनाई छ । यस घटनाका बारेमा संघीय संसदमा समेत आवाज उठेको छ । केही सांसदहरुले यो घटनामा महानगर दोषी देखिएको बताएका छन् भने केहीले छानविन गर्नुपर्ने तथा संघ सरकारले हस्तक्षेप गर्नुपर्ने बताएका छन् ।

सामाजिक संजालमा बालेनलले यस्तो दलील प्रस्तुत गरेपछि महानगर र स्वयम बालेनले समेत जनाएका प्रतिवद्धता पूरा नगरेको भन्दै महानगरका गतिविधिविरुद्ध खबरदारी गर्दै आएका अभियान्ता ईः ले बालेनको अभिब्यब्तिको विरोध गरेको छन् । उनले सामाजिक संजालमा जवाफदेहिता छल्न त कसैले बालेन शाहबाट सिकुन् भन्दै लेखेका छन् ।

पहिलो कुरा, बुधबार राती त्यत्रो ठूलो सङ्ख्यामा लठ्ठी बोकेका नगर प्रहरी, कति त सादा पोशाकमा, किन त्यहाँ उपस्थित थिए? भ्यानमा कोचेर आधा शहर डुलाएर बूटलठ्ठी बजार्नपाइन्छ? बेलुका ७ बजेपछि दुईछाक टार्न सडक छेउँ बस्ने सडक व्यापारीले नगर प्रहरीलाई कुटेर के फाइदा? असोजको सहमतिपछि केही महिनासम्म त्यहाँ बेलुकाको समय व्यापार गर्न दिँदा केही समस्यै भएको थिएन।

दोस्रो, सडक व्यवसाय गर्ने व्यक्तिहरूको आआफ्नो राजनीतिक आस्था र केहिको ट्रेडयुनियन आबद्धता छ। एमाले, कांग्रेस, माओबादी, रास्वपा, राप्रपा, केही त बालेनकै चुनावमा पनि लागेका थिए! त्यो हुँदैमा ती मान्छे मान्छेनै भएनन्? तिनको पीडा पीडानै भएन? खाकी निषेध र निर्दलीय सोचले हामीलाई कहाँ पु–याउँछ भन्ने सर्वविदितै छ।

जवाफदेहिता छल्न त कसैले Balen Shah  बाट सिकून्।पहिलो कुरा, बुधबार राती त्यत्रो ठूलो सङ्ख्यामा लठ्ठी बोकेका नगर प्रहरी, कति त सादा पोशाकमा, किन त्यहाँ उपस्थित थिए? भ्यानमा कोचेर आधा शहर डुलाएर बूटलठ्ठी बजार्नपाइन्छ? बेलुका ७ बजेपछि दुईछाक टार्न सडक छेउँ बस्ने सडक व्यापारीले नगर प्रहरीलाई कुटेर के फाइदा? असोजको सहमतिपछि केही महिनासम्म त्यहाँ बेलुकाको समय व्यापार गर्न दिँदा केही समस्यै भएको थिएन।

दोस्रो, सडक व्यवसाय गर्ने व्यक्तिहरूको आआफ्नो राजनीतिक आस्था र केहिको ट्रेडयुनियन आबद्धता छ। एमाले, कांग्रेस, माओबादी, रास्वपा, राप्रपा, केही त बालेनकै चुनावमा पनि लागेका थिए! त्यो हुँदैमा ती मान्छे मान्छेनै भएनन्? तिनको पीडा पीडानै भएन? खाकी निषेध र निर्दलीय सोचले हामीलाई कहाँ पु–याउँछ भन्ने सर्वविदितै छ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top