शालिनको पोष्टमार्टम रिपोर्टमा के आयो ?

१९ फागुन ८०, आइतबार

२० फागुन , काठमाण्डौ ।
चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा मृत अवस्थामा भेटिएकी १४ वर्षीया शालिन पोखरेलको ‘झुण्डिएको कारण’ मृत्यु भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोष्टमार्टम जाँचको प्रतिवेदन चिकित्सकहरुले आइतबार तयार गरेका छन् । त्यसमा उनको झुण्डिएका कारण मृत्यु भएको उल्लेख रहेको प्रहरीले बताएको छ ।

आफन्तले बलात्कारको आशंका गरेकाले चिकित्सहरुले शालिनको संवेदनशील अंगको पनि जाँच गरेका थिए । तर, पोष्टमार्टम जाँचमा शंकास्पद विषय नदेखिएको प्रहरीको भनाई छ । ’त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरू डा. गोपाल चौधरी र डा. युगेन डोल्मा वालुङसहिका ५ जना फरेन्सिक विशेषज्ञहरूले शालिनको शव परीक्षण गरेका हुन् ।

पीडित परिवारले उनको शरीरमा चोटपटक रहेको दाबी गर्दै आएका छन् । तर, पोस्टमार्टम रिपोर्ट अनुसार शरीरमा ठूलो चोटपटक देखिएको छैन । स्काउटको डोरीमा होस्टलको कोठाभित्र झुण्डिएको अवस्थामा १२ फागुनमा उनको शव भेटिएको थियो । लगत्तै काठमाडौंबाट उनका बुबालाई बोलाएर प्रहरीले मुचुल्का गरेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

तर, परिवारले बलात्कारसहितका विभिन्न आशंका ब्यक्ति गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत घटनाबारे गम्भीर छानबिन गर्न प्रहरीलाई निर्देशन दिएका थिए । यस्तै शालिनको मृत्यु प्रकरणबारे गहिरो र विश्वसनीय अनुसन्धान गरेर सत्य तथ्य बाहिर ल्याउन एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि माग गरेका छन । नेपाली कांग्रेसले समेत अनुशन्धानको माग गरेको छ ।

यस्तै घटनाका विषयमा रास्वपाका सभापति रवि लामिछाने, राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले समेत अनुशन्धानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । नेविसंघले त निष्पक्ष छानविनका लागि प्रर्दशन समेत गरेको छ । शालिनको मृत्यु भएपछि ज्यानसम्बन्धी कसुरमा प्रहरीले विद्यालयका प्रेन्सिपल र वार्डेनसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले वडा नम्बर १० कै ६० वर्षीय बालहरि देवकोटा, ४० वर्षका किरणबहादुर अधिकारी र ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो। बालहरि उक्त स्कुलका प्रधानाध्यापक, किरणबहादुर सहप्रधानाध्यापक र कमल होस्टेलका वार्डेन हुन्। सालिनको मृत्यु भएपछि आफन्तले तीन जनाविरूद्ध किटानी जाहेरी दिएका थिए।

पक्राउ परेका उनीहरूमाथि अनुसन्धान गर्न सात दिन हिरासतमा राख्न चितवन जिल्ला अदालतले अनुमति समेत दिएको छ। अनुसन्धान अधिकृतहरुले शालिनले छाडेको सुसाइड नोट फेला पारेका छन् । अनुसन्धानमा अधिकृतका अनुसार नोटमा उनले लेखेकी छन्,‘सरी एभ्रिबडी, सरी ममि ड्याड ।’

गोरखाको अजिरकोट गाउँपालिका–५ मुच्चोक घर भएकी शालिन पछिल्लो समय चितवनको रत्ननगर नगरपालिका–१५ स्थित माधवपुरमा बस्थिन् । शालिन दुई वर्षदेखी सो होस्टलमा बसेर पढ्थिन् । उता शालिनको मृत्यु सम्बन्धी घटनामा गोरखाको अजरिकोट गाउँपालिकाले अतिरञ्जित गराउने खालका पोष्ट नगर्न र सामाजिक सद्भाव कायम गर्न सवैमा अपिल गरेको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै पालिकाले उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही र पीडित परिवारलाई न्यायको लागि पहलकदमी लिन प्रतिबद्ध रहेको जनाएको छ । साथै यो गम्भीर विषयमा सम्बन्धित निकायलाई निष्पक्ष ढंगले अनुसन्धानको लागि पनि गाउँपालिकाले अनुरोध गरेको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top