×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चुँडियो गठबन्धनको डोरी,प्रचण्डलाई फेरि एमालेको धाप

२१ फाल्गुन २०८०

२१ फागुन , काठमाण्डौ ।
पाँचै वर्ष सत्ता गठबन्धन रहन्छ भन्ने खासगरी पछिल्लो समय कांग्रेसका केही नेताहरुको भ्रम अन्ततः टुटेको छ । आजैबाट सत्ता गठबन्धन भत्किने भएको छ । आइतबार नै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो । सो लगत्तै आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको हो ।

अब गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्ने देखिन्छ । त्यसका लागि माओवादी, एमालेसंगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पनि समेट्ने सहमति भएको छ । नयाँ सहमति अनुसार, आज बिहानै बसेको बैठकबाट रास्वपाले निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ ।

Advertisement
Advertisement

बालकोटमा बसेको एमाले सचिवालय बैठकले पनि नयाँ सत्ता समीकरण आजै अगाडि बढाउने निर्णय गरेको छ । बैठकले पदम गिरीलाई सरकारमा पठाउने निर्णय समेत गरेको छ । एमालेका प्रमुख सचेतक गिरी यसअघि पनि स्वास्थ्यमन्त्री बनेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् । प्रचण्डले मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाउने भएका छन् ।

अहिलेका सबै मन्त्री हटाउने र सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएको छ । नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक÷एक जना मन्त्री बन्दैछन् । यसलाई एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि पुष्टि गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्दै ।

सानो आकारको मन्त्रिमण्डलले आज शपथ लिनेछ।’ नेकपा एमालेसहित बन्ने नयाँ गठबन्धनको सरकारमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव आफैँ सहभागी हुने भएका छन् । जसपा सांसद प्रदीप यादवले सो जानकारी दिएका हुन् । यसका साथै आजै बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको वर्तमान सत्ता गठबन्धनको बैठक पनि स्थगन गरिएको छ ।

सत्ता गठबन्धन फेरिएसँगै संसद्को चौथो ठूलो शक्ति रास्वपाले सभापति रवि लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको छ । नयाँ मन्त्रीमण्डलमा रविले उपप्रधानमन्त्री तथा गृहमन्त्री दावी गरेकोमा त्यसमा प्रधानमन्त्री सहमत बनेको नेताहरुले बताएका छन् । रास्वपाले आज बिहान सचिवालय बैठक बसेर नयाँ गठबन्धनका विषयमा सबै निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ।

यता नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले फेरि वामपन्थी एकताको नयाँ अध्यायको सुरुवात भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा ब्रिफिङ गर्दै प्रधानमन्त्रीले हिजोको गल्ती स्वीकार गर्दै फेरि वामपन्थी एकता गर्ने बिन्दुमा आइपुगेको ब्रिफिङ गरेका हुन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका सचिव देवेन्द्र पौडेलले नेपालमा फेरि अर्को पटक वामपन्थीहरूको एकताको प्रसङ्ग उब्जिएको बताएका छन् ।

सो कुरा बैठकमा प्रधानमन्त्रीले ब्रिफिङ गरेको उल्लेख गर्दै पौडेलले अब राजनीतिक कोर्स नयाँ शिराबाट अघि बढ्ने भएको बताए । यस्तै प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनको कुरा आजै टुङ्ग्याउने कुरा बैठकमा गरेको पनि बताए । योसँगै बजेट, नीति तथा कार्यक्रम र शान्ति प्रक्रियाका बाँकी विषय टुङ्ग्याएर राजनीति कोर्स करेक्सन गर्ने गरी बैठकबाट निर्णय लिएको उनले बताएका छन् ।

यसैगरी सत्ताको नेतृत्व गरिरहेको दल माओवादी नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा अटाउनुपर्ने पक्षमा उभिएको छ । आज बसेको बैठकपछि पौडेलले वामपन्थी एकताका लागि नेकपा एसलाई पनि समेट्ने निर्णय भएको बताएका छन् ।

Advertisement

यता राष्ट्रिय राजनीतिमा विकसित नयाँ राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक बसेको छ । सभापति देउवाले पार्टीको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका नेता जीवन परियारले जानकारी दिए । यसअघि आजै बिहान कांग्रेसका सभापति देउवा र उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बालुवाटरमा पुगेर प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका थिए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top