परिवार बनाउन चाहान्थे इन्जिनियर वैभव बने आइडल

२० फागुन ८०, सोमबार

२१ फागुन , काठमाण्डौ ।
चर्चित भारतीय गायन रियालिटी शो ’इन्डियन आइडल १४’ को विजेता वैभव गुप्ता बनेका छन्। आइतबार राति भएको ग्राण्ड फिनालेमा कानपुरका वैभव विजेता बनेका हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार उनले उपाधिसँगै २५ लाख भारू र मारूतिको ब्रेजा कार पाएका छन्। शोमा शुभदीप दास फर्स्ट रनरअप, पियुष पन्वार सेकेन्ड रनरअप र अनन्या पाल थर्ड रनरअप बने।

फर्स्ट रनरअप शुभदीप र सेकेन्ड रनरअप पियुषले ५÷५ लाख भारू पुरस्कार पाएका छन् भने थर्ड रनरअप अनन्याले ३ लाख भारू पुरस्कार पाइन्। शोको जजमा विशाल ददलानी, कुमार सानू र श्रेया घोषाल थिए।

Advertisement

ग्राण्ड फिनालेमा सोनू निगम र नेहा कक्कड विशेष जज बनेका थिए। प्यारेलाल सिम्फनी च्यालेन्जमा वैभवले १९९१ को एक्शन क्राइम ड्रामा ‘हम’ को झुम्मा चुम्मा दे दे गाएका थिए ।

फाइनलमा वैभवले अन्तिम गीत सोनु निगमसँग जोरु का गुलाम गाएका थिए । फिनालेमा आद्या मिश्रा, अनन्या पाल, पियुष पनवार, सुभदीप दास, अञ्जना पद्मनाभन र वैभव गुप्ताबिच प्रतिस्पर्धा भएको थियो ।

Advertisement

इन्डियन आइडलको ट्रफी जित्नुअघि उनले सन् २०१३ मा भ्वाइस अफ कानपुरको उपाधि पनि जितेका थिए । वैभवलाई सानैदेखि गीत गाउने मन थियो । उनले विद्यालयमै शास्त्रीय संगीत सिके ।

तर, वैभवको परिवारले उनलाई इन्जिनियर बनोस् भन्ने चाहन्थे । तर उनको सानैदेखि गायक बन्ने सपना थियो । तर आफ्नो मिहिनेत र समर्पणले वैभवले आफ्नो सपना पूरा गरेका छन् । इन्डियन आइडल जितेपछि अब उनको लागि बलिउड उद्योगको ढोका पनि खुलेको छ ।

Advertisement

भर्खरको समाचार

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

सम्बन्धित समाचार

Scroll to Top