४ हजार कैदी भागेपछि हाइटीमा आपत्तकाल

२१ फागुन , एजेन्सी ।

Advertisement

हाइटीमा आपत्काल घोषणा गरिएको छ । राजधानीमा रहेको देशकै प्रमुख जेलमा कम्तिमा १२ जनाको हत्या भएको र ४ हजारभन्दा धेरै बन्दीहरू भागेको घटनापछि आइतबार ७२ घण्टाको लागि आपत्काल लगाइएको हो । सप्ताहन्तमा एउटा सशस्त्र समूहले राजानी पोर्ट–अउ–प्रिन्समा रहेको मुख्य जेलमा हमला गरेका थिए ।

यो घटनापछि हाल विदेश भ्रमणमा रहेका प्रधानमन्त्री एरियल हेनरीको राजीनामा मागिएको छ । प्रधानमन्त्रीको राजीनामा माग्ने सशस्त्र समूहले जेललाई आफ्नो नियन्त्रणमा लिएको बताइएको छ । सप्ताहन्तमा राजधानी र नजिकै रहेको दुई जेलमा आक्रमण भएको सरकारी विज्ञप्तिमा भनिएको छ । सोको प्रतिक्रियामा सरकारले कर्फ्यु लगाएको थियो ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top