×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

१५३ जना यात्री चढेको विमानका दुवै पाइलट निदाएपछि….

२८ फाल्गुन २०८०

२८ फागुन , एजेन्सी ।

इन्डोनेसियाको एक एयरलाइन्सले उडान भरिरहेको बेला विमानमा रहेका दुवै पाइलट निदाएको रहस्य खुलेको छ । यो घटनापछि यातायात मन्त्रालयले बाटिक एयरका दुई पाइलटमाथि छानबिन गर्ने भएको छ । विमान उडिरहेको समयमा दुवै पाइलट निदाएको घटनामा छानबिन गर्न लागिएको भन्दै सरकारी न्युज एजेन्सी अन्तराले एउटा समाचारमा लेखेको छ ।

Advertisement

शनिवार राष्ट्रिय यातायात सुरक्षा समितिले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनका अनुसार दक्षिण पश्चिम सुलावेसी प्रान्तबाट राजधानी जाकार्तासम्म जनवरी २५ मा भएको एउटा फ्लाइटमा पाइलट र सह–पाइलट दुवै एउटै समयमा करिब २८ मिनेटसम्म निदाएका थिए ।दुवै जना निदाएपछि विमानले बाटो बिराउँदा ‘नेभिगेशन एरर’ भएको थियो ।

धन्न यस घटनामा विमानभित्र सवार १५३ जना यात्री र चार जना फ्लाइट एटेन्डेन्ट समेत कसैलाई पनि चोट भने लागेन । विमानलाई पनि कुनै क्षति नभएको बताइएको छ । आफ्नो ज्यानलाई आराम नभएको भन्दै सेकेन्ड–इन–कमान्ड पाइलटले को–पाइलटलाई पहिला नै भनेका थिए । उडिरहेको विमानभित्र सेकेन्ड–इन–कमान्ड पाइलट करिब ३० मिनेट निदाए ।

केन्दारीबाट विमान उडेपछि कमान्डमा रहेका पाइलटले पनि आराम गर्न अनुमति मागे र सेकेन्ड–इन–कमान्ड पाइलटले विमानको कमान्ड हातमा लिए । करिब ९० मिनेटपछि सेकेन्ड–इन–कमान्ड पाइलट पनि निदाए । जाकार्ताको एरिया कन्ट्रोल सेन्टरले विमानसँग सम्पर्क गर्न खोज्दा कुनै पाइलटले जवाफ दिएनन् ।

अन्तिम ट्रान्समिशन रेकर्ड भएको २८ मिनेटपछि बल्ल कमान्डमा रहेका पाइलट ब्युँझिए अनि विमान गलत बाटोमा गइरहेको महसुस गरे ।त्यसपछि उनले को–पाइलटलाई पनि उठाएर र एसीसीसँग कुरा गरे । रिपोर्टमा पाइलटहरूको नाम खुलाइएको छैन ।

Advertisement

पाइलटहरू दुवै इन्डोनेसियन नागरिक भएको बताइएको छ । एक जनाको उमेर ३२ र अर्को पाइलटको उमेर २८ वर्ष भएको बताइएको छ । सेकेन्ड–इन–कमान्ड पाइलटका एक महिनाका जुम्ल्याहा बच्चा छन् ।राति बच्चाको स्याहारका लागि बारम्बार उठ्नुपर्ने भएकोले पनि उनी राम्ररी निदाउन पाएका थिएनन् ।

भर्खरको समाचार

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

सम्बन्धित खबरहरु

Scroll to Top