×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

प्रचण्डलाई विश्वासको मत दिन रास्वपाको ह्विप!

२९ फाल्गुन २०८०

२९ फागुन,काठमाण्डौ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । आज बिहान बसेको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गर्दै सबै सांसदलाई अनिवार्य उपस्थिति भएर मत दिन ह्विप जारी गरेको हो ।

Advertisement
Advertisement

प्रधानमन्त्री दाहालले भोलि बुधबार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन् । चार मन्त्रालयका साथ सरकारमा सहभागी भएको रास्वपाका २१ सांसद रहेका छन् । अघिल्लो सोमबार रास्वपा नयाँ गठबन्धन बनेसँगै सरकारमा सामेल भएको थियो ।

प्रचण्डले रास्वपासंगै एमाले, जसपाबाट विश्वासको मत पाउँने निश्चित छ । नेकपा एकीकृत समाजवादीले भने आफ्ना मागहरुको प्रधानमन्त्रीले लिखित ग्यारेन्टीसहित सम्बोधन गरेमात्रै विश्वासको मत दिने बताएको छ ।

यता राष्ट्रियसभामा अध्यक्षमा नारायणका दाहाललाई जिताउन र प्रधानमन्त्रीलाई विश्वासको मत दिलाउन सत्ता गठबन्धनको संयुक्त बैठक बसेको छ। गठबन्धनमा एमाले, माओवादी, रास्वपा, नेकपा एस र जसपा सहभागी छन्।

गठबन्धनमा असन्तुष्टि जनाउँदै आएका माधव नेपालको माग पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफलपछि उनको माग आंशिक पूरा भएको छ।

पाँच दलबीच लिखित सहमति भएपछि नेपाल पनि मत दिन तयार भएका छन् । राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा गठबन्धनका उम्मेदवार दाहाललाई मत दिन ओलीले ह्विप जारी गरेका छन्।

बैठकपछि नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले ५ दलबीच लिखित सहमति भइसकेको बताएका छन् ।

यसैबीच नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू प्रधानमन्त्री बन्ने पक्का गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिखित सहमति गराउने दाबी गरेका छन् ।

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुने दिन बिहानै सामाजिक सञ्जालमार्फत प्रतिनिधि सभा सदस्यसमेत रहेका एमाले नेता बाँस्कोटाले एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले प्रधानमन्त्री प्रचण्डबाट आफ्ना अध्यक्षलाई एक वर्षका लागि प्रधानमन्त्री बन्ने ग्यारेन्टीको लिखित सहमति गराएरै छाड्ने दाबी गरेका हुन् ।

बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एक वर्ष प्रम ग्यारेन्टी हुने प्रचण्डपत्र मेटमणिले माधव नेपाललाई दिलाएरै छाड्ने पक्का देखियो । राजनीति हो, असम्भव भन्ने शब्दावली डिलिट हान्दिएँ ल जे पर्छ परोस्।’

Advertisement

राष्ट्रियसभामा उपाध्यक्षसहित माओवादीको १८, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ गरी ३९ सांसद छन्। भने कांग्रेसका शर्मालाई कांग्रेसको १६ र लोसपाका एक सांसदको समर्थन छ। प्रधानमन्त्री प्रचण्डले भने भोलि विश्वासको मत लिने कार्यक्रम रहेको छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top