सुन–चाँदीको भाउ निरन्तर उकालो लाग्दै , आज कतिमा हुदैछ कारोबार ?

३० फागुन ८०, बिहीबार

१ चैत ,काठमाण्डौ ।

Advertisement

नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य बढेको छ।अघिल्लो दिन प्रतितोला एक हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला आठ सय रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २५ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १५ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ।

Advertisement

बुधबार चाँदी प्रतितोला १४ सय ६५ रूपैयाँमा कारोबार भएको थियो।बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला ५० रूपैयाँ बढेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top