मानव विकास सूचकांकमा नेपाल तीन स्थान माथि उक्लियो

२ चैत , एजेन्सी ।

संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडिपी)ले सार्वजनिक गरेको मानव विकास प्रतिवेदनअनुसार नेपाल तीन स्थान माथि उक्लिएको छ । सन् २०२३÷०२४ को प्रतिवेदनअनुसार नेपाल १४६ औँ स्थानमा आइपुगेको हो । यसअघि सन् २०२१ को प्रतिवेदनमा नेपाल १४९ औँ स्थानमा थियो ।

यूएनडिपीले विश्वव्यापी रूपमा सार्वजनिक मानव विकास प्रतिवेदन २०२३÷०२४ ले नेपालले शून्य दशमलव शून्य एकले प्रगति गरेको जनाएको छ । प्रतिवेदन अनुसार सन् २०२१ को तुलनामा नेपालको मानव विकास सूचकांकमा शून्य दशमलव ०१० ले प्रगति गरेको छ, जुन विश्वव्यापी औसत शून्य दशमलव ००४ भन्दा बढी हो ।

Advertisement

१ सय ९३ वटा देश र भूभागहरूमध्ये १ सय ४६ औँ स्थानमा रहेको नेपाल मध्यम मानव विकास श्रेणीमा परेको यूएनडिपीको प्रतिवेदनमा उल्लेख छ ।प्रतिवेदनले युवाका लागि मर्यादित रोजगारी, स्थानीय र सामाजिक असमानता तथा आर्थिक वृद्धिमा सुधारको लागि जोड दिएको छ ।

‘गतिरोधको अन्त्य ः ध्रुवीकृत विश्वमा सहकार्यको पुनःकल्पना’ शीर्षकको प्रतिवेदनले नेपालको मानव विकास सूचकांक मान ०.६०१ रहेको देखाएको छ । त्यसअनुसार नेपाल मध्यम मानव विकास श्रेणीमा पर्ने उल्लेख छ । मध्यम मानव विकास श्रेणी भन्नाले मानव विकास सूचकांकको मान ०.५५० देखि ०.६९९ बीचको श्रेणीलाई बुझिन्छ । नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय ४ हजार २६ अमेरिकी डलर रहेको प्रतिवेदनको आंकलन छ ।

Advertisement

गत वर्षको प्रतिवेदनमा यो संख्या तीन हजार आठ सय ७७ डलर थियो भने वर्ष २०२०÷२१ मा दुई हजार सात सय ४८ अमेरिकी डलर थियो । सन् १९९० मा ०.३९५ मात्रै रहेको नेपालको मापन २०२२ सम्म आइपुग्दा ०.६०१ पुगेको र त्यस अवधिमा नेपालको जन्ममा सरदर आयु १५.७ वर्ष, विद्यालय जाने औसत वर्ष ५.४ प्रतिशत, विद्यालय जाने अपेक्षित वर्ष २.१ वर्ष र प्रतिव्यक्ति कुल राष्ट्रिय आय (जीएनआई) करिब १६५.७ प्रतिशतले परिवर्तन भएको प्रतिवेदनमा दर्शाइएको छ ।

मानव विकास सूचकांकमा नेपाल सन् २०२० मा १४२ औं स्थानमा थियो भने सन् २०१९ मा १४७, सन् २०१८ मा १४७, २०१५ मा १४६ र सन् २०१६ मा १४५ औं स्थानमा थियो । प्रतिवेदनले मानव विकासको सबैभन्दा बढी असर अफगानिस्तान र युक्रेनमा परेको उल्लेख गरेको छ ।

अफगानिस्तानको मानव विकास १० वर्षपछि धकेलिएको र युक्रेनको स्थिति सन् २००४ यताकै सबैभन्दा कमजोर बनेको निष्कर्ष निकालिएको छ । मानव विकासको उच्च स्थानमा स्विट्जरल्यान्ड, नर्वे, आइसल्यान्ड, हङकङ, डेनमार्कलगायत देश रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले विश्वव्यापी मानव विकास सूचकांकमा आएको सुधारलाई आंशिक, अपूर्ण र असमान मानेको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top