दीपेश पुनलाई जहाजमार्फत बुटवल लगियो

३ चैत , काठमाण्डौ ।

सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनलाई बुटवल ल्याइएको छ । शुक्रबार दिउँसो काठमाडौँमा पक्राउ परेका उनलाई सहकारी ठगीबारे अनुसन्धान गर्न शुक्रबार राति नै बुद्ध एयरको विमान मार्फत बुटवल ल्याइएको हो । सहकारीको सवा १ अर्ब रकम हिनामिना गरेको आरोपमा बुटवल प्रहरीले सहकारीका अध्यक्ष ओम गुरुङ र भैरहवाका एकजना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

उक्त सहकारीको रकम हिनामिना गर्ने प्रमुख जिबी राई फरार छन् । उनी संस्थापक सचिव रहेको सहकारीमा बचतकर्ताहरुले जम्मा गरेको रकम हिनामिना गरेको आरोपमा उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सर्वसाधारणको बचत हिनामिनामा संलग्न भएको आरोप पुनविरुद्ध पक्राउ पुर्जी जारी भएकाले यहाँ ल्याइएको हो ।

बुटवलका १० हजार बचतकर्ताको सबा १ अर्ब रकम हिनामिना प्रकरणमा दिपेश जोडिएका छन् । जिबी राई अध्यक्ष र दिपेश पुन कोषाध्यक्ष रहेको सुप्रिम सहकारीको बचत रकम हिनामिना गरेको उजुरी प्रहरीमा छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख बिजयराज पण्डितले दिपेश पुनविरुद्ध सहकारीका बचतकर्ता पिडितहरुले दिएको जाहेरीका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको बताए ।

सुप्रिम सहकारीका अध्यक्ष जिबी राई सचिव दिपेश पुन र वर्तमान अध्यक्ष ओम गुरुङ लगायतले बचतकर्ताले जम्मा गरेको सवा १ अर्ब रकम अपचलन गरेको आरोप छ । यता, आठ करोड ५५ लाखको सुन तस्करी तथा बेचबिखनमा पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा बाबुछोरा संलग्न भएको भनेर प्रहरीको विशेष अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदनमा किटान हुँदा पनि महरामाथि मुद्दा दर्ता भएको छैन ।

जबकि महरा बाबुछोराले चिनियाँ सुन तस्करहरूसँग २५६ पटक टेलिफोन संवाद गरेको कलडिटेल रेकर्ड प्रहरी अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो । इलेक्ट्रिक सिगरेट (भेप) मा लुकाएर सुन ल्याउने चिनियाँ नागरिक लीसँग व्यक्तिगत रूपमा सम्बन्धमा रहेका महरा बाबुछोराले उनलाई सहयोग पु¥याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारका अधिकारीलाई तारन्तार फोन गरेको तथ्य स्थापित भइसकेको छ ।

सुन ल्याउने मात्र होइन, भन्सारमा रोकिएपछि त्यहींबाट मिलिभगतमा बेच्ने सञ्जालमा महरा बाबुछोरा भएको किटान प्रहरी प्रतिवेदनमा छ जसलाई सुन जाँचबुझ आयोगले पनि प्रमाण मानेको छ । प्रहरीले कल डिटेल रेकर्डसहित कृष्णबहादुर र राहुलको विवरण खुलाउँदा पनि उनीहरूको प्रसंग छायामा पारेर जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले गत असार २७ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

गत १३ भदौमा भने विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि भन्दै सीआईबीले राहुललाई पक्राउ गरेको छ । तर उत्तिकै संलग्नता देखिएको आरोप लागेका बाबु कृष्णबहादुर भने अनुशन्धानको दायरामा नै आएका छैनन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top