प्रशिक्षक नै मानव तस्कर, अब विराजभक्तले नछाड्ने

४ चैत, काठमाण्डौ ।
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मानव तस्कर गरिरहेका प्रशिक्षकहरूलाई कारबाहीको दायरामा ल्याउने खुलासा गरेका छन् । यद्यपि, मन्त्री श्रेष्ठले कुन खेलका प्रशिक्षकले त्यस्ता गतिविधि गरिरहेका छन् भन्नेबारे भने खुलाएका छैनन् । केही दिन अघि मात्रै मैत्रीपूर्ण फुटबलका लागि मलेसिया गएको नेपाली राष्ट्रिय फुटबल टिमसँगै अनधिकृतरूपमा १० जना गएपछि मन्त्रीकै निर्देशनमा अखिल नेपाल फुटबल संघ (एन्फा) लाई कारबाही गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्र पठाएको थियो।

नेपाली टिममा २३ जना खेलाडीबाहेक १६ अतिरिक्त सदस्य छन् । शनिबार आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको उद्घाटन गर्न पुगेका मनत्री श्रेष्ठले पुल्चोकस्थित पुरानो मन्त्री क्वार्टरलाई खेलाडी आवास बनाउन पहल गर्ने समेत बताएका छन् । मन्त्री श्रेष्ठले पुल्चोकस्थित मन्त्री क्वार्टरलाई खेलाडी आवास बनाउनका लागि अगाडि बढेको प्रश्तावमा काम गर्ने बताए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले दुई महिना अगाडि पुल्चोकको मन्त्री क्वार्टरलाई खेलाडी आवास बनाउनका लागि खेलकुद मन्त्रालयमार्पmत प्रश्ताव लगेका थिए । सोही प्रश्तावबारे नवनियुक्त मन्त्री श्रेष्ठले अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

Advertisement

ललितपुरको पुल्चोकमा रहेको हरिहर भवनस्थित मन्त्री निवास ललितपुरको भैसेपाटीमा निर्मित भवनमा स्थानान्तरण हुने भएपछि सो भवनलाई खेलाडीको आवासस्थल बनाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रस्ताव गरेको छ ।खेलाडीको प्रशिक्षणलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्री निवास ललितपुरको भैसेपाटीमा निर्मित भवनमा स्थानान्तरण पश्चात त्यसलाई खेलाडी आवासका रुपमा रुपान्तरण गर्न राखेपले प्रस्ताव गरेको छ ।

यसबाट आवासमा हुने राज्यको ठूलो खर्च बच्ने राखेपको भनाइ छ । विगतमा नेपालमा भएका अन्तर्राष्ट्रिय तथा नेपालले सहभागिता जनाउने विभिन्न प्रतियोगिताहरुमा सहभागी हुने खेलाडीलाई बन्द प्रशिक्षणका दौरान होटल तथा बसोवास खर्च वापत राज्यले ठूलो धनराशी खर्च गर्नु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न यो ऐतिहासिक निर्णय गरेको सदस्य–सचिव घिसिङले बताएका छन् ।

Advertisement

घिसिङले १९ औं एसियाली खेलकुदको प्रशिक्षणका लागि ७ महिनामा १२ करोड ३८ लाख खर्च भएको, १३ औ दक्षिण एसियाली खेलकुदको तयारीका लागि ७ महिनाकै अवधिमा ४३ करोड खर्च भएको बताउँदै यो खर्च राज्यलाई ठूलै भार भएको बताउदै आएका छन् । यसअघि युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आफू मातहतको निकाय राष्ट्रिय खेलकुद परिषद्(राखेप) लाई अनुशासन बनाइराख्न निर्मम हुन निर्देशन दिएका थिए ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top