×

NEPAL TIMES UPDATES

Playing
America–Iranको सम्झौता अन्तिम चरणमा, सधैँका लागि यु द्ध रोकिने || Nepal Times
May 24, 2026
Playing
काठमाडौँमा साँझ वर्षा, तेलंगानामा लु ले 16 जनाको मृ त्यु || Nepal Times
May 24, 2026
Playing
एमालेमा भाडभैलो,ओलीले राजीनामा दिनैपर्ने पक्षमा ८० प्रतिशत पदाधिकारी || Nepal Times
May 24, 2026
Playing
‘ह्वाइट हाउस’ बाहिर ३० राउन्ड गो*ली चल्यो,एक जनाको मृ*त्यु || Nepal Times
May 24, 2026
Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026

रविलाई प्याक प्याक पार्दै कांग्रेस, देलान् राजीनामा ?

५ चैत्र २०८०

चैत ५ , विराटनगर ।

सडकमा सहकारी पीडितहरुले न्यायका लागि सरकारलाई गुहार लगाईरहँदा उनीहरुको गुहार सुन्ने र सोहीअनुसारको सुनुवाइ गर्ने ठाउँमा रहेका गृहमन्त्री रवि लामिछानेमाथि नै सहकारी ठगिको आरोप छ । उनीविरुद्ध सहकारीपीडितहरुले उजुरीसमेत हालेका छन् । विगतमा जस्तै यस पटक पनि आफूमाथि आरोप लागेकै बेला उनी गृहमन्त्रालयको कमाण्ड सम्हालि रहेका छन् ।

Advertisement
Advertisement

अघिल्लो पटक दोहोरो नागरिकता प्रकरणले उनको कुर्सी खोसिएको थियो । अहिले फेरि सहकारी ठगि प्रकरणसँग जोडेर उनको कुर्सी प्रतिपक्ष कांग्रेसले दिनदिनै हल्लाइरहेको छ। सडकमा सहकारीपीडकहरुलाई कारबाहीको माग भइरहँदा संसदमा पनि रवि लामिछानेको राजीनामा पहिलो दिनदेखिनै मागिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदमा रविलाई प्याप प्याक पारिरहेको छ ।

रास्वपा सभापतिसमेत रहेका रविलाई गृहमन्त्री बनाएपछि प्रधानमन्त्री प्रचण्डमाथि पनि सांसदहरुले औंला ठड्याइरहेका छन्, जवाफ मागिरहेका छन् । आज पनि संसदमा रविविरुद्ध नेपाली कांग्रेस आक्रमकरुपमा प्रस्तुत भयो । सांसद एवं कांग्रेस महामन्त्री गगन थापाले ठूलो गर्जनसहित गृहमन्त्रीमाथि प्रश्न उठाए । लामिछाने नै गृहमन्त्री भईरहँदा सहकारीपीडितहरुले न्याय पाउने कुरामा आशंका जनाए र प्रधानमन्त्रीसंग यसको जवाफ पनि माग गरे ।

आजको प्रतिनिधिसभाको बैठकमा समय लिएर बोलेका गगनले सुरुमा त सुन तस्करी प्रकरणमा मुछिएका माओवादी उपाध्यक्ष कृष्ण बहादुर महरालाई पक्राउ गरिएकोमा सरकारलाई धन्यवाद दिएका थिए । महरा गृहमन्त्री रवि लामिछानेको आदेशपछि नै पक्राउ परेका हुन् । रविले सुन तस्करी छानविन आयोगले जजसलाई अनुशन्धानको दायरामा ल्याउन सिफारिस गरेको छ कसैलाई नछाडिने पनि बताएका छन् ।

तर उनी स्वयं सहकारी ठगि प्रकरणमा मुछिँदा भने संसद नै उनका कारण बन्धक बन्नेजस्तो देखिएको छ । नेपाली काँग्रेसलगायतका विपक्षी सांसदहरुले दिनहुँ उनको राजीनामा मागिरहेका छन् । आज पनि यसले निरन्तरता पायो । गगन थापाले सहकारी ठगीमा जोडिएका गृहमन्त्रीबाट निष्पक्ष छानबिन हुन्छ भन्नेमा विश्वास नभएको बताए । उनले सुप्रिम, इमेज, शिवदर्शनजस्ता सहकारीको पैसा फिर्ता गराउनुपर्नेमा जोड दिए ।

‘सुप्रिम, इमेज, शिवदर्शन जस्ता सहकारीको पैसा फिर्ता गराउन सक्ने कि नसक्ने रु,’ उनले प्रश्न गरेका छन् । सहकारीमा जसले ठगी गरेको छ एउटा पनि प्रमाण नष्ट नहोस् भनेर आफूहरूले आवाज उठाउँदै आएको उनको भनाइ छ । ‘जो मुछिएको छ उसले कसरी अनुसन्धान गर्छ रु,’ लामिछानेप्रति इंकित गर्दै उनले भने, ”गृहमन्त्रीजीलाई आग्रह गर्न चाहन्छु, यो विषय यहीँ टुंग्याउन दिँऔँ । नखाएको विष लाग्न हुँदैन । त्यो पीडा मैले पनि भोगेको छु।’

तर, विष खाएको भेटिएमा जसरी पनि लागेरै छाड्ने उनको भनाइ छ । थापाले पोखराको सूर्यदर्शन सहकारीको सदस्य नै नभएपनि गृहमन्त्री रवि लामिछानेले एक करोड रुपैयाँ गैरकानुनी रुपैयाँ लिएको भन्दै यस प्रकरणमा छानविन हुनुपर्ने बताएका हुन् । उनले लामिछानेले आफूले पैसा लिएको छैन र आफू सहकारीको सदस्य होइन भनेको भरले उन्मुक्ति पाए अर्बौं रुपैयाँ ठग्ने अरु सय जनाले पनि उन्मुक्ति पाउन पर्ने बताए ।

उनले लामिछाने र सूर्यदर्शन सहकारीलाई अनुन्धान नगर्ने हो भने अन्य धेरै सहकारीलाई पनि छोड्नुपर्ने हुने भएकाले सबैलाई छानविन गर्नुपर्ने बताए । उनले गृहमन्त्रीलाई प्रहरीले अनुसन्धान गर्ने कुरामा आशंका पनि व्यक्त गरेका छन् । उनले यो प्रकरणको सम्बन्धमा प्रहरीको जवाफको माग गरेका छन् ।

यस्तै कांग्रेसका अर्का सांसद दिक्पाल कुमार शाहीले गृहमन्त्रीको राजीनामा मागे । उनले देशभर सहकारी पीडितले जम्मा गरेको पैसा फिर्ता नपाएको भन्दै नियमविपरित सहकारीको पैसा गृहमन्त्रीले नै लिएको आरोप लगाए । ‘देशभरी सहकारी पीडितले जम्मा गरेको पैसा फिर्ता नपाएर चिच्याइरहेका छन् । सहकारीमा नियमविपिरित गृहमन्त्रीज्यूले लिनुभएको र अनुसन्धान गर्ने तालुक मन्त्रालयमा आफैँ बसेको आरोप छ ।

पीडितलाई न्याय र पीडकलाई कारबाही गर्न गृहमन्त्रीज्यूले राजीनामा गरी सहयोग गर्न माग गर्दछु,’ उनले भने । उनले गृहमन्त्री लामिछानेले कांग्रेसलाई पढाउन खोजेको भन्दै केही विषय नसिकाउन समेत आग्रह गरे । ‘गृहमन्त्रीज्यूले नेपाली कांग्रेसलाई पढाउन खोज्नुभएको रहेछ । डबल नागरिकता, पासपोर्ट, सहकारी ठग्न र सुन तस्करसँग साँठगाँठ गर्न नसिकाउनुहोला,’ भन्दै उनले तिखो कटाक्ष पनि गरे ।

गृहमन्त्री लामिछाने सभापति रहेको दल रास्वपाले भने कांग्रेसलाई पानीबिनाको माछाजस्तो नतड्पिन आग्रह गरेको छ । रास्वपा सांसद अशोक कुमार चौधरीले गृहमन्त्री समेत रहेका पार्टीका सभापति रवि लामिछानेमाथि जनताको मत र विश्वासको कदर गर्न आग्रह गरे । ‘सत्ताका लागि पानीबिनाको माछाझैँ नतड्पिन आग्रह गर्दछु । माननीय रवि लामिछानेमाथि जनताको मत विश्वासको इज्जत र कदर गरौँ। उहाँलाई उपप्रधान तथा गृहमन्त्रीको रुपमा स्वीकार गरौँ,’ उनको आग्रह थियो ।

यता सत्तारुढ नेकपा एमालेले पनि सहकारी ठगि प्रकरणको छानविन गर्न आयोग बनाउन माग गरेको छ । एमाले सांसद ऋषिकेश पोखरेलले सरकारले सहकारी आन्दोलनको संरक्षण गर्नुपर्ने भन्दै यसका लागि सहकारीको रकम अपचलन भएको भनी उठेका विषयहरुको कारण खोजी गर्न सरकारले अधिकारसम्पन्न आयोग बनाएर अनुसन्धान गर्नुपर्ने बताए ।

उता पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ता स्वयंले पनि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरेका छन । सूर्यदर्शनबाट ३० करोड, चितवन सहाराबाट ११ करोड ७१ लाख र बुटवलको सुप्रिमबाट १० करोड ७४ लाख गोर्खा मिडिया नेटवर्कमा बिनाधितो, बिनाप्रक्रिया र गैरकानुनी रूपमा सारिएको विषयमा गम्भीर अनुसन्धान नभएको भन्दै पीडितहरूले गुनासो गरेका छन ।

पत्रकार महासंघ कास्कीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आइतबार उद्योग वाणिज्य संघको हलतर्फ जाँदै गरेका प्रधानमन्त्रीलाई बाटोमै भेटेर पीडितले ज्ञापनपत्र बुझाएका हुन । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले सहकारीको समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएकाले छिट्टै नीतिगत निर्णय लिने बताएका छन् । यता सहकारीपीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले भने छानबिनमा सहयोग गर्न लामिछानेलाई पटक–पटक अनुरोध गर्दा सुनुवाइ नभएको बताएका छन् ।

‘सूर्यदर्शनको समस्या बाहिर आएको १ वर्ष ८ महिना हुँदासम्म जीबी राई फरार छन्,’ श्रेष्ठले भने, ‘सत्ता बाहिर रहँदा पनि लामिछानेमाथि सरकारले अनुसन्धान गरेन । अहिले पनि अनुसन्धान भएको छैन, हाम्रो आपत्ति छ ।’ पीडितहरूले जीबी राई पक्राउ तथा लामिछानेमाथि छानबिन भए ८० प्रतिशत समस्या हल हुने बताएका छन । तर, लामिछाने गृहमन्त्री बन्नुअघि र अहिले पनि सहकारीपीडितको समस्यालाई सरकारले सामान्य रूपमा लिएको उनीहरूको गुनासो छ ।

Advertisement
Advertisement

सहकारी पीडितहरुले यस्तो गुनासो गरिरहँदा र संसदमा प्रतिपक्षी कांग्रसले घेरा हालिरहँदा के गृहमन्त्री रवि लामिछानेले आफूमाथिको आरोपकै कारण दोस्रो पटक पनि कुर्सी गुमाउँछन् रु आरोप लागेकै बेला किन रवि दोहोर्याएर मन्त्रालयमा गए रु आफ्ना टिप्पणीहरु राख्न सक्नुहुनेछ । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top