×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दीपक मनाङेः दल फेर्दे मन्त्री पड्काउँदै

५ चैत्र २०८०

चैत ५ ,काठमाण्डौ । 

केन्द्रमा गठबन्धन फेरिएपछि प्रदेश सरकारको अंकगणितमा समेत हलचल उत्पनन भइरहेको अवस्थामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) लाई प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्ति गरेका छन् । गुरुङलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिँदै मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् पुनःगठन गरेको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले बताएका छन् ।

Advertisement
Advertisement

गुरुङले आइतबार मात्रै नेकपा (एकीकृत समाजवादी) सँगको दलीय आबद्धता परित्याग गरी स्वतन्त्र हैसियतमा रहेको दाबी गर्दै प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका थिए । पुनःगठित मन्त्रिपरिषदमा कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जीसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको थप जिम्मेवारी दिइएको सापकोटाले जानकारी दिए ।

यसअघि भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का रेशमबहादुर जुग्जाली र सामाजिक विकासमन्त्रीमा सुशीला सिम्खडा मन्त्री रहेका थिए । गत प्रदेशसभा निर्वाचनमा मनाङ प्रदेश ‘२’बाट स्वतन्त्र उम्मेदवारी दिएका मनाङे निर्विरोध निर्वाचित भएका थिए । उनी निर्वाचित भएलगत्तै नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका थिए ।

उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कृष्णकुमार श्रेष्ठ (किसान) लगायत नेताहरूसँगको सामूहिक तस्बिर सार्वजनिक गर्दै आफू उक्त पार्टीमा प्रवेश गरेको बताएका थिए । यसअघि मनाङे एमालेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वको सरकारमा खेलकुद तथा युवामन्त्री बनेका थिए । संघीय सरकारमा एमाले–माओवादी गठबन्धन बनेपछि कांग्रेस संसदीय दल नेता पाण्डेको नेतृत्वमा रहेको प्रदेश सरकार अल्पमतमा छ ।

गण्डकी प्रदेशमा एमालेका २२ र माओवादीका सभामुखसहित ८ सांसद छन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा २७ सांसदसहित कांग्रेस ठूलो दल छ । राप्रपाका २ सांसद छन् । दीपक मनाङेले समर्थन गर्दा मुख्यमन्त्री पाण्डेले थप ३ सांसदको समर्थन जुटाउनुपर्नेछ । उनलाई राप्रपाले समर्थन गर्दा पनि बहुमत(३१) पुग्ने अवस्था छैन ।

त्यसैले मुख्यमन्त्री पाण्डेले बहुमत पु¥याउन सांसद मनाङे, माओवादी केन्द्रको चुनाव चिन्हबाट जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा र राप्रपाको समर्थन खोजेका हुन् । मुख्यमन्त्री पाण्डेले सांसद मनाङे, देवकोटा र राप्रपाका २ सांसदको समर्थन पाउँदा बहुमत पु¥याउन सक्छन् ।

Advertisement
Advertisement

अर्काे तर्फ एमाले–माओवादी गठबन्धन भने आफ्नै सरकार बनाउने तयारीमा छ । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गण्डकी सरकारमा आफ्नो पार्टीको दाबी रहने बताएका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top