×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चीनले फेरि भन्यो अरुणाचल हाम्रो हो, कसको कति दाबी छ ?

५ चैत्र २०८०

चैत ५ , एजेन्सी ।

भारत र चीनबीच अरुणाचल प्रदेशलाई लिएर फेरि तनाव बढेको छ । चिनियाँ सेनाले भारतको अरुणाचल प्रदेश आफ्नो भित्री भाग भएको भन्दै फेरि दाबी गरेको छ । चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्नेल चाङ सियाओगेङले शिझाङको दक्षिणी भाग चीनको आन्तरिक क्षेत्र रहेको भन्दै भारतले यस क्षेत्रलाई अवैधरूपमा अरुणाचल प्रदेश स्थापित गरेको बताएका छन् ।

Advertisement

अरुणाचललाई चीनले शिझाङ नाम दिएको छ । कर्नेल चाङका अनुसर चीनले यस क्षेत्र अरुणाचल प्रदेश भएको कहिल्यै मान्यता दिएको छैन । अरुणाचल प्रदेशमा सेला सुरुङ निर्माण गरेर भारतीय सेनाले आफ्नो सेनालाई बलियो बनाउने प्रयास गरेपछि चीनको यो बयान आएको हो । चीनले अरुणाचल प्रदेशलाई दक्षिण तिब्बत मानेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च ९ मा अरुणाचल प्रदेशको भ्रमण गरी सेला सुरुङमार्गको उद्घाटन गरेका थिए ।

यसप्रति पनि चीनले आपत्ति जनाएको थियो । भारतका लागि रणनीतिकरूपमा महत्त्वपूर्ण यो सुरुङमार्गको उद्घाटनपछि चीनले भारतको यो कदमले सीमा विवादलाई थप जटिल बनाउने बताएको थियो । त्यति नै बेला भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री मोदीको अरुणाचल प्रदेश भ्रमणमा चीनको आपत्तिको जवाफ दिएको थियो । मन्त्रालयले अरुणाचल प्रदेशमा भारतको विकास परियोजनामा चीनको विरोध औचित्यहीन रहेको बताएको थियो ।

चीनले अरुणाचललाई आफ्नो भाषामा शिझाङ नाम दिएर आफ्नो नक्सामा समेत समेटेको छ । भारतको नक्सामा पनि यो क्षेत्र पहिलादेखि नै रहँदै आएको छ । यसअघि भारतशासित अरुणांचल प्रदेशलाई तिब्बतको भाग दाबी गर्दै आएको चीनले अरुणांचल भित्रका विभिन्न ११ स्थानको नाम परिवर्तन गरेको थियो । भारतले पश्चिमी सीमाको अक्साई चीन भारतको भूमि रहेको दाबी गर्दै आएको छ ।

उक्त क्षेत्र चीनको नियन्त्रणमा छ । त्यस्तै पूर्वी क्षेत्रका अरुणाचल प्रदेशमाथि चीनले आफ्नो दाबी गर्दै आएको छ । चीनले यसअघि पनि दुई पटक अरुणाचल प्रदेशका विभिन्न स्थानको नाम फेरिसकेको छ । भारतीय प्रधानमन्त्रीले अरुणाचल प्रदेशको भ्रमण गर्दा पनि चीनले आपत्ति जनाउँदै आएको छ । अरुणाचल प्रदेशलाई लिएर चीन र भारतको बढ्दो विवादमा अमेरिका पनि पसेको छ ।

Advertisement

अमेरिकाले अरुणांचललाई आफूले भारतकै अभिन्न हिस्साको रूपमा स्वीकार गर्ने बताएको छ । ६ वर्षको अन्तरालमा चीनले अरुणाचल प्रदेशका क्षेत्रहरूको नाम तीनपटक परिवर्तन गरिसकेको छ । चीनले भारतको अरुणाचल प्रदेशको ९० हजार वर्ग किलोमिटर जमिनलाई आफ्नो भू–भागको रूपमा दाबी गर्छ र सो क्षेत्रलाई आफ्नो जंगनान प्रान्त भन्छ । यो प्रान्तलाई चीनले दक्षिणी तिब्बतको क्षेत्र पनि भन्ने गरेको छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top