८ चैत , एजेन्सी ।
आईपीएल २०२४ सुरु हुनु ठीक एक दिनअघि सफल टिम चेन्नई सुपर किंग्सले आफ्नो कप्तान परिवर्तन गरेको छ । आईपीएलको पहिलो सिजनदेखि नै महेन्द्र सिंह धोनी टोलीको कप्तान छन्। यसबीचमा रविन्द्र जडेजाले यो जिम्मेवारी पाए पनि उनको असफलताका कारण धोनीलाई फेरि कप्तान बनाइएको थियो ।
आईपीएल २०२४ सुरु हुनुअघि चेन्नई सुपर किंग्सले आफ्नो कप्तान परिवर्तन गरेको छ । गत वर्ष महेन्द्र सिंह धोनीको कप्तानीमा टोलीले उपाधि जितेको थियो । धोनी ४२ वर्षका छन् । यस्तो अवस्थामा फ्रेन्चाइजीले उनको स्थानमा नयाँ कप्तानको घोषणा गरेको छ ।
ओपनर रुतुराज गायक्वाड टिमको नयाँ कप्तान हुनेछन् । उनले भारतीय टिमको कप्तानी समेत गरेका छन् । चेन्नईले सिजनको आफ्नो पहिलो खेल २२ मार्चमा रोयल च्यालेन्जर्स बैंग्लोरसँग खेल्ने छ । महेन्द्र सिंह धोनी आईपीएल इतिहासमा सबैभन्दा सफल कप्तान हुन्।
सन् २००८ मा चेन्नई सुपर किंग्सले धोनीलाई ६ करोडमा किनेको थियो । उनी सबैभन्दा महँगो खेलाडी थिए र टोलीले उनलाई कप्तान पनि बनाएको थियो। उनले कुल २ सय २६ खेलमा कप्तानी गरेका छन् र १ सय ३३ जित हासिल गरेका छन्।
उनको टोलीले ९१ खेलमा हार बेहोरेको छ भने २ खेल अनिर्णित रह्यो । यसमा राइजिङ पुणे सुपरजायन्ट्सका खेलहरू पनि समावेश छन्। चेन्नईको कुरा गर्दा उनले २१२ खेलमा कप्तानी गरेका छन् भने १२८ खेल जितेका छन् ।
धोनीले चेन्नईका लागि कप्तानको रूपमा ५ उपाधि जितेका छन् । रोहित शर्मासँगै धोनी पनि सबैभन्दा धेरै उपाधि जित्ने कप्तान हुन्। यता रुतुराजको प्रदर्शन उत्कृष्ट नै देखिएको छ । पछिल्लो केही सिजनमा चेन्नई सुपर किंग्सका लागि रुतुराज गायक्वाडको प्रदर्शन उत्कृष्ट रहेको छ ।
गत सिजनमा रुतुराजले १६ खेलमा १४७ को स्ट्राइक रेटमा ५९० रन बनाएका थिए । रुतुराजले चार अर्धशतक बनाएका थिए । योसँगै आईपीएल २०२२ मा ओपनिङ ब्याट्सम्यानले १४ म्याचमा ३ अर्धशतक सहित ३६८ रन बनाएका थिए ।
उनी फ्रेन्चाइजको चौथो कप्तान बनेका छन् । यसअघि एमएस धोनी, सुरेश रैना र रविन्द्र जडेजाले टोलीको जिम्मेवारी सम्हालिसकेका छन् । चेन्नेईले एक विज्ञप्ति जारी गर्दै भनेको छ–’ एम एसधोनीले आईपीएल २०२४ सुरु हुनु अघि चेन्नई सुपर किंग्सको कप्तानी रुतुराज गायक्वाडलाई सुम्पेका छन्।
गायक्वाड २०१९ देखि चेन्नई सुपर किंग्सको हिस्सा छन् र यस अवधिमा आईपीएलमा ५२ खेल खेलेका छन्। टोली आगामी सिजनको प्रतिक्षामा छ ।
यसअघि सन् २०२२ को सिजनमा रविन्द्र जडेजालाई कप्तान बनाउँदा पूर्व भारतीय कप्तान महेन्द्र सिंह धोनीले पनि कप्तानी छाडेका थिए तर टोलीको खराब प्रदर्शनका कारण जडेजाले सिजनको बीचमा कप्तानी छाड्नुपरेको थियो । फेरि २०२३ सिजनमा धोनीले आफ्नो नेतृत्वमा चेन्नईलाई ५ औं पटक च्याम्पियन बनाएका थिए ।