विनोदको कप्तानीमा आयरल्यान्डसँग नेपालको सिरिज, नेपाली टोलीमा को–को परे?

१० चैत ८०, आइतबार

११ चैत , काठमाण्डौ।
आयरल्यान्ड वुल्भ्ससँगको तीन टी–२० र तीन एकदिवसीय सिरिजका लागि नेपाली ए टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार आयरल्यान्ड वुल्भसँगको खेलका लागि १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो । क्यानले टी–२० र एक दिवसीय खेलका लागि विनोद भण्डारीको कप्तानीमा दुई फरक टोलीको घोषणा गरेको छ ।

Advertisement

आयरल्यान्ड वुल्भ्ससँगको खेलका लागि कमल सिंह ऐरिले टोलीमा पुनरागमन गरेका छन् । सन् २०२२ मा मलेसियाविरुद्धको खेलमा घाइते भएका कमलले लामो समयपछि टोलीमा पुनरागमन गरेका छन् । कमलले टी–२० र ओडिआई दुवै सिरिजमा स्थान बनाएका छन् । ए टोलीको प्रशिक्षणमा परेका आरिफ शेख, देव खनाल, बसिर अहमद र विकास अग्रीले दुवै सिरिजका लागि स्थान बनाएका छन् ।

‘ए’ टोलीको प्रशिक्षणमा बोलाइएका भीम सार्कीले ओडीआई खेलका लागि स्थान बनाउँदा टी–२० खेल्ने टोलीमा छैनन् ।प्रशिक्षणका डाकिएका प्रतिश जिसी, सन्दीप जोरा भने दुबै सिरिजको टोलीका छैनन्। यी दुई खेलाडीले सिनियर टोलीबाट खेल्नेछन्। ए टोलीको प्रारम्भिक प्रशिक्षणमा ४० खेलाडी डाकिएका थिए ।

Advertisement

नेपालको ए टोलीले आयरल्यान्ड ‘ए’ सँग चैत्र १५, १६ र १८ गते टी २० खेल खेल्नेछ । यस्तै चैत्र २१, २३ र २५ गते एक दिवसीय अभ्यास खेल्ने तालिका छ । नेपालको सिनियर टोलीले भने आयरल्यान्ड ‘ए’सँग दुई टी २० खेल खेल्नेछ । सिनियर टोलीले चैत्र १२ गते अर्थात भोलि सोमबार र १३ गते मंगलबार खेल्नेछ । त्यसपछि नेपाली टोली बरोडा र गुजरातसँग त्रिकोणात्मक टी–२० सिरिज खेल्न जानेछ ।

यी खेलाडी समेटिएका छन् टी–२० खेल्ने टोलीमा : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, रासिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह एरि, हेमन्त धामी र बिकास अग्री ।
यस्तैओडीआई खेल्ने टोलीमा : विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भिम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरि, शाहब आलम, रन्जित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकास अग्री र मौसम ढकाल रहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top