अमेरिकाले दिएको सूचना पुटिनले नपत्याएपछि !

११ चैत , विराटनगर ।
इस्लामिक स्टेट अफ इराक एण्ड सीरिया–खुरासान (आईएसआईएस–के वा आईएसके) त्यो संगठन हो, जसले रुसमा भएको पछिल्लो आतंकबादी हमलाको जिम्मा लिएको छ । जुन रुसको राजधानी मस्कोको एक कन्सर्ट हलमा भएको थियो । अमेरिकाले पनि आफ्नो गुप्तचर नेटवर्कको हवाला दिदै सो हमला आईएसकेले नै गराएको बताएको छ ।

इस्लामिक स्टेटको न्यूज एजेंसी अमाकले पनि टेलीग्राममा यो हमलाको जिम्मेवारी लिदै भनेको छ, कि यो पुटिनको इस्लाम विरोधी कर्महरुको नतिजा हो । इरान, सिरिया र टर्किए जस्ता मुस्लिम देशहरुको नजिकको सहयोगी मानिएको रुसमा यस्तो आतंकबादी हमला हुनु आश्चार्यजनक नै हो । किनभने धेरैजसो इस्लामी आतंकवादी संगठनहरुका लागि अमेरिका सबैभन्दा ठूलो शत्रु हो ।

यो मामिलामा जानकारहरुले के विश्लेषण गरिरहेका छन् भने यो आईएसले मस्कोमा गरेको हमला झण्डै एक दशक पहिले भएको रुसी एक्शनको रिएक्शन हो । सन २०१२, १३ मा जब आईएसआईएसले इराक र सिरियामा विस्तार गरिरहेको थियो । तब रूसी राष्ट्रपतिको एक फैसलाले आईएसआईएसको ढाड भाँचिएको थियो । पुटिनले २०१५ मा सिरियाका राष्ट्रपति बशर–अल–अशदको साथ दिने निर्णय गरेपछि त्यसको मार यो संगठनमा परेको थियो ।

Advertisement

सुरक्षा परामर्श फर्म सौफान ग्रुपका अनुसार आईएसकेले कयौं वर्षदेखि अमेरिका र रूसमा हमला गर्ने योजना बुनिरहेको छ । आतंकवादी समूहले पुटिनलाई मुस्लिम विरोधी मान्दछन् । पुटिनले बशर–अल–असदको साथ दिएपछि आईएसले एकातिर अमेरिका र अर्कातिर रूसी हमलाको सामना गर्नु परेको थियो । र केही दिनमा नै यो संगठन मासिएको थियो ।

अहिले त्यसैको बदला लिएको एकथरी विश्लेषकहरु बताउँछन् । तर यो हमला हुनसक्ने भन्दै अमेरिकाले रुसलाई पहिला नै सूचना दिइसकेको बताएको छ । यो आक्रमणका घटना करिब दुई साताअघि अमेरिकी गुप्तचरले दिएको चेतावनीसँग मिल्न गएको छ । मार्च ७ मा मस्कोस्थित अमेरिकी दूतावासले एक अलर्ट जारी गर्दै लेखेको थियो “अतिवादीहरूले मस्कोमा कन्सर्टलगायत ठूला जमघटलाई लक्षित गर्ने योजना बनाएको रिपोर्ट छ ।

अमेरिकी नागरिकहरूलाई ठूला जमघट नगर्न सल्लाह दिइन्छ ।” तर, उक्त चेतावनी ४८ घण्टाका लागि मात्रै थियो । रूसी अधिकारीहरूले अमेरिकी खुफिया जानकारी अस्पष्ट रहेको गुनासो गरेका छन् । तर सूचनाको बावजुद पनि रुसले वेवास्था गर्दा यो घटना घटेको भन्दै आलोचना भइरहेको छ ।

यसबीच रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार दिउँसो जनतालाई सम्बोधन गर्दै हत्याराहरूलाई दोस्रो विश्वयुद्धका नाजीहरूसँग तुलना गरेका छन् । उनले रूसी एकतालाई कसैले कमजोर पार्न नसक्ने बताएका छन् । घटनाको पछाडि को हो भन्ने पत्ता लगाएर सजाय दिने चेतावनी उनले दिएका छन् । यद्यपी यसमा संलग्न रहेको भन्दै ११ जनालाई पक्राउ पनि गरिसकिएको छ ।

आक्रमणमा परी ज्यान गुमाएकाहरूको शोकमा रूसमा आज आइतबार राष्ट्रिय शोक मनाइएको छ । पुटिनले यो घटनामा संलग्नहरु युक्रेनतर्फ भाग्दै गरेको अवस्थामा समातिएको बताएर शंकाको सुई युक्रेनतर्फ पनि मोड्न खोजेका छन् । तर जेलेन्स्कीले यो घटनामा आफ्नो हात नभएको बरु रुसले आफै सो घटना घटाएको दाबी गरेका छन् । यसबीच रुसले फेरि एकपटक युक्रेनको राजधानी किभमा आक्रमण गरेको छ ।

रुसी सेनाले किभमा हवाई आक्रमण गरेको हो । आक्रमणपछि युक्रेनले पूरै देशभरि ‘अलर्ट’ जारी गरेको छ ।रुसी हवाई आक्रमणपछि किभमा बस्ने युक्रेनका नागरिक शरण लिन मेट्रो स्टेसनतर्फ भागदौड गरेको जनाइएको छ । युक्रेनको छिमेकी देश पोल्यान्डले पनि आफ्नो वायुसेनालाई सक्रिय बनाएको छ । पोल्यान्डले आफ्नो सीमा जोडिएको युक्रेनको सहर लवीवमा रुसले हवाई आक्रमण गरेपछि वायुसेनालाई अलर्टमा राखेको हो ।

रुसले किभमाथि आइतबार बिहान ५ बजेदेखि आक्रमण थालेको थियो । रुसी आक्रमणको जवाफ दिइएको युक्रेनको सेनाले जनाएको छ । शुक्रबार पनि रुसले युक्रेनमाथि मिसाइल आक्रमण गरेको थियो । आक्रमणबाट एउटा बाँध ध्वस्त भएको जनाइएको छ । बाँधमा क्षति भएपछि विद्युत् उत्पादन केन्द्र बन्द भएको छ ।

मस्कोमा भएको हमलामा आईएसकेले जिम्मेवारी लिदापनि पुटिनले यसका पछाडी युक्रेनको हात देख्नु र लगत्तै किभमा आक्रमण तिव्र पार्नु, अमेरिकाले एक साता अगाडी नै यस्तो खालको हमला हुनसक्ने सूचना दिदा पनि रुसले वेवास्था गर्नुलाई तपाईले कसरी हेर्नु भएको छ, आफ्ना टिप्पणीहरु अवस्य व्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top