×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

युद्धग्रस्त रुसमा नेपाली कामदार पठाउँदै सरकार

१५ चैत्र २०८०

१५ चैत , एजेन्सी ।

रुसी सेनामा भर्ना भएर स्वदेश फिर्तीका लागि नेपालीहरुले गुहार लगाइरहेका बेला सरकारले रुसमा जाने कामदारलाई श्रम स्वीकृति खुला गरेको छ । वैदेशिक रोजगार विभागले रुसमा श्रम स्वीकृति लिएर जाने नेपाली कामदार रसिया सेनामा भर्ना नभएको भन्दै स्वीकृति दिन थालेको हो । विभागले गत पुस १९ मा रुस जाँदा हुन सक्ने थप क्षतिलाई न्यूनीकरण गर्न अर्को व्यवस्था नभएसम्म श्रम स्वीकृति दिन बन्द गरेको थियो ।

Advertisement
Advertisement

त्यसअघि नै रुसी सेनामा नेपाली भर्ती सम्बन्धमा अध्ययन गर्न श्रम मन्त्रालयले मंसिर १४ मा अध्ययन टोली गठन गरेको थियो । टोलीले श्रम स्वीकृति लिई गएकाहरू रुसी सेनामा भर्ती नभएको प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनपछि मन्त्रीस्तरबाट नभई सचिवस्तरको निर्णयबाट श्रम स्वीकृति दिने नीतिलाई खुलाइएको वैदेशिक विभागका महानिर्देशक डन्डुराज घिमिरेले जानकारी दिए ।

अहिलेसम्म भिजिट र विद्यार्थी भिसामा गएकाहरू मात्रै रसिया सेनामा भर्ती भएको देखिएको विभागको भनाइ छ । रसियाको व्लागोभेस्चेङ्स् सिटीस्थित सिनोपेक इन्जिनियरिङ रसिया ग्रुपमा काम गर्न श्रम स्वीकृति दिइएको घिमिरेले बताए । उनका अनुसार संस्थागत र पुनः श्रम स्वीकृति सबैलाई खुल्ला गरिएको छ ।

तर सरकारको यस्तो अपरिपक्व निर्णयले रुसभित्रका युद्धबाट अतिप्रभावित र सुरक्षा जोखिम उच्च भएका क्षेत्रमा नेपालीहरु पुग्ने र थप असुरक्षा बढ्ने चिन्ता विज्ञहरुको छ । रुसका कतिपय क्षेत्र युद्धबाट सुरक्षित रहेपनि कतिपय क्षेत्रमा अझै उच्च जोखिम छन् । सरकारले सुरक्षित र असुरक्षित क्षेत्रको कुनै विश्लेषणसमेत नगरी एकसाथ सबै क्षेत्रमा काम गर्न दिन सकिने गरी श्रम स्वीकृति खोलेको हो ।

युद्धग्रस्त देश रुसमा पुगेर नेपालीहरु सेनामा भर्ना भइरहेको भन्दै रोक लगाएको करिब दुई महिनापछि श्रम स्वीकृति खुला गरिएको हो । म्यानपावर एजेन्सीहरुको दबाबका कारण समेत सरकारले संस्थागत श्रम स्वीकृतिसहित पुनः श्रम स्वीकृत खुला गरेको हो । तर युद्धग्रस्त देशमा घुम्न जान समेत ट्राभल एड्भाइजरी जारी हुने गरेको भन्दै विज्ञहरुले काम गर्न जान दिने विषयमा सरकारले संवेदनशील भएर सोच्नुपर्ने बताएका छन् ।

Advertisement

विभागका अनुसार चालु आर्थिक वर्षको हालसम्म श्रम स्वीकृति लिएर रुस जानेको संख्या ३ सय ७० जना छन । विभागका अनुसार साउनमा ५३, भदौमा १ सय ६१, असोजमा ४७ र कात्तिकमा ४३, मंसिरमा ४० जना, पुसमा एक जना र फागुनमा २५ जनाले श्रम स्वीकृति लिएर रुस गएका छन । गत आर्थिक वर्षमा २ सय ६६ जना गएका थिए ।

भर्खरको समाचार

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

सम्बन्धित खबरहरु

Scroll to Top