दुर्गा प्रसाईंलाई दिएको हतियारको छानविन गर्न रविले बनाए समिति

१६ चैत ८०, शुक्रबार
Share this
726shares

१६ चैत,काठमाण्डौ।मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । सहसचिव राजेन्द्रदेव पाण्डेको नेतृत्वमा समिति गठन गरिएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ । समितिमा उपसचिव ऋषि पौडेल र नेपाल प्रहरीका उपरीक्षक सन्तोष भट्टराई सदस्य छन् ।

Advertisement

गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी सदस्य सचिव छन् । प्रसाईंका दुईजना व्यक्तिगत सुरक्षागार्ड चैत ५ मा सर्वोच्च अदालत परिसरबाट जर्मन स्पोर्ट गन ‘जिएसजी–५’ सहित पक्राउ परेका थिए । त्यसबारे छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनीलकुमार पोखरेलले आदेश गरेका थिए ।

छानबिन समितिलाई त्यसबारे अध्ययन गरेर १५ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ । हतियार इजाजतपत्र र नवीकरण सम्बन्धमा छानबिन गरेर दोषीलाई कारबाहीको सिफारिस गर्न समितिलाई कार्यदेश दिइएको छ । व्यक्तिगत रुपमा इजाजतपत्र प्राप्त हातहतियारको प्रयोग सम्बन्धी मापदण्ड बनाउन पनि समितिलाई कार्यादेश दिइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

Advertisement

हतियार नवीकरण र कानूनी अभ्यासको विष्लेषण गरेर ऐनमा गर्नुपर्ने सुधारका विषयहरु पहिचान गर्न समितिलाई भनिएको छ । जिल्ला प्रशासन कार्यालय, झापाबाट २०७५ असार २१ म दुर्गाप्रसाद प्रसाईको नाममा २२ बोर ए३५४७५२को पेस्तोलका लागि इजाजतपत्र जारी भएको छ ।

यसअघि प्रसाइका अंगरक्षकले बोकेर हिडेको हतियारका विषयमा राज्यव्यवस्था समितिमा समेत उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सांसदहरुले प्रश्न गरेका थिए । प्रसाईको हतियार प्रकरणपछि गृहले देशभरबाट हतियार अनुमतिपत्र दिइएका हतियारका विषयमा तथ्याङ माग गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top