आरोहण गुरुकुलमा ‘सत्य हरिश्चन्द्र’ मञ्चन हुने

१५ चैत ८०, शुक्रबार

१६ चैत, विराटनगर । विराटनगरस्थित आरोहण गुरुकुलमा ‘सत्य हरिश्चन्द्र’ नाटक मञ्चन हुने भएको छ ।

Advertisement

सुशीला कोइराला नाटकघरमा गुरुकुलले चैत २३ देखि ३० गतेसम्म नाटक मञ्चन गर्न लागेको हो ।

आधुनिक हिन्दी साहित्यका पिता मानिने भारतेन्दु हरिश्चन्द्रले लेखेको नाटकलाई केदार सत्यालले नेपालीमा भावानुवाद गरेका हुन् ।

Advertisement

सन् १८७६ मा भारतमा पहिलो पटक प्रकाशित भएको यो नाटकमा सूर्यवंशी सत्यवादी राजा हरिश्चन्द्रको कथा छ ।

नाटकको मूल विषय राजा हरिश्चन्द्रको इमान्दारिता र सत्यको परिक्षा हो ।

Advertisement

नाटकमा रविन चिमरिया, सविन भट्टराई, सागर विश्वास, प्रदिप दाहाल, दिक्षा चौधरी लगायतको अभिनय रहने छ ।

नाटक मञ्चन दैनिक साँझ ५ः३० बजे गरिने गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top