NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी बुधबार अशोज १ , २०८२
जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ? बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’ बुधबार अशोज १ , २०८२
जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक बुधबार अशोज १ , २०८२
मेयरबाट प्रधानमन्त्रीको दाबेदारसम्म बालेन कसरी उदाए ? बुधबार अशोज १ , २०८२
Next
Prev

समाचार

खेलकुद मन्त्रालय सम्हालेपछि मन्त्री विराजभक्तले के गरे ?

सोमवार चैत्र १९ , २०८०
Reading Time: 1 min read
A A
प्रशिक्षक नै मानव तस्कर, अब विराजभक्तले नछाड्ने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१९ चैत , काठमाण्डौ।

युवा तथा खेलकुद मन्त्रालयले पछिल्लो ३५ दिनमा गरेका कामको विवरण सार्वजनिक गरेको छ । नयाँमन्त्री विराजभक्त श्रेष्ठ आएपछि मन्त्रालयले ६ दिनमा गरेका महत्वपूर्ण १० काम सार्बजनिक गरिएको हो । जसमा क्रिकेट र फुटबल रंगशालाको अनुगमन गर्ने कार्यादेश दिएको, एन्फाका असिफियलको विदेश भ्रमणबारे एक्सन लिएको, क्रिकेट खेलाडीले अहिलेसम्म नपाएको पुरस्कार रकम वितरण गर्न पहल गरेको लगायतका काम गरेको सूची सार्वजनिक गरेको छ ।

LS Auto

मन्त्रालयले चैत १२ देखि १७ गतेसम्म मन्त्रालयबाट भएका मुख्य कामहरूको विवरण सार्वजनिक गरेको छ । विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालेयता नियमित रूपमा यस्तो विवरण सार्वजनिक गर्न थालिएको हो । युवा तथा खेलकुद मन्त्रीले यसबिचमा रङ्गशालाहरूको अनुगमन गर्न अनुगमन टोली गठन गरेदेखि नेपाल स्काउटको भवन र जग्गासहितको संरचना भाडामा लिएको विषयमा विस्तृत विवरण माग गरिएको विषयसम्मलाई मन्त्रालयद्वारा जारी विवरणमा समेटेका छन्।

मूलपाली क्रिकेट रंगशाला, दशरथ रंगशाला र कीर्तिपुर क्रिकेट रंगशालाको अनुगमन गर्न अनुगमन टोली गठन गरिएको विवरणमा उल्लेख छ । विश्वकप छनोट फुटबलको बहराइनमा सम्पन्न दोस्रो चरणको खेलका क्रममा सम्बन्धित निकायसँग स्वीकृति नलिई एन्फाले अनावश्यक व्यक्तिलाई विदेश भ्रमणमा लगेको विषयमा मन्त्रालयले गम्भीर चासो राखेको पनि विवरणमा उल्लेख छ ।

‘बहराइनमा हालै सम्पन्न फिफा विश्वकप छनोटमा सहभागी हुन राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट स्वीकृति नलिएको सम्बन्धमा अखिल नेपाल फुटबल संघ (एन्फा) लाई कानुन बमोजिम आवश्यक कारबाही गरी मन्त्रालयलाई जानकारी गराउन राखेपमा पत्राचार गरिएकोमा कारबाही सम्बन्धि जानकारी मन्त्रालयलाई प्राप्त नभएकोले सो सम्बन्धमा जानकारी गराउन राखेपमा ताकेता गरिएको छ,’ विवरण पत्रमा भनिएको छ ।

यसैगरी विभिन्न खेल संघहरुको विवरण अद्यावधिक गर्न पदाधिकारीहरूको नाम, आम्दानी, खर्चसमेतको विवरण उपलब्ध गराउन राखेपमा पत्राचार गरिएको पनि विवरणमा उल्लेख छ । विद्यालय स्तरको पाठ्यक्रममा खेलकुद विषय समावेश गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा अनुरोध गरिएको पनि विवरणमा उल्लेख गरिएको छ ।

यसैगरी मन्त्रालय र अन्तर्गतका निकायहरुको नाममा रहेको बेरुजु वर्गीकरण गरी असुल उपर गर्नुपर्ने बेरुजुको कार्ययोजना बनाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पठाइएको विषय पनि विवरण पत्रमा समेटिएको छ । ‘१९ औँ एसियाली खेलकुदमा पदक विजेता खेलाडी, चौथो एसियन पारा खेलकुदमा पदक विजेता खेलाडी र विश्वकप टी–२० क्रिकेट प्रतियोगिताका लागि छनोट भएका खेलाडीलाई पुरस्कार प्रदान गर्न आवश्यक पर्ने बजेट दुई करोड ९७ लाख १० हजार माग गरी अर्थ मन्त्रालयमा पुनः अनुरोध गरिएको छ,’ विवरण पत्रमा भनिएको छ ।

यसैगरी राष्ट्रिय खेलकुद नीति–२०८० को मस्यौदा स्वीकृत गरी छलफलमा लैजाने निर्णय भइसकेको पनि उल्लेख गरिएको छ । राष्ट्रिय युवा नीति–२०८० को मस्यौदा सुझाव संकलन गर्न कर्णाली प्रदेशको सुर्खेतमा छलफल एवं अन्तरक्रिया कार्यक्रम गरिएको पनि विवरण पत्रमा उल्लेख गरिएको छ ।

‘नेपाल स्काउटको भवन र जग्गासहितको संरचना भाडामा लगाएको विषयमा विस्तृत विवरण नेपाल स्काउटसँग माग गरी प्राप्त हुन आएको विवरणको अध्ययन भइरहेको छ,’ विवरण पत्रमा भनिएको छ । इलामस्थित ठुलो टुँडिखेल मैदान इलाम कभर्ड हलको निरीक्षण गरिएको पनि विवरणमा उल्लेख छ ।

Tags: #खेलकुद मन्त्रालय#खेलकुद मन्त्रीका उपलब्धि#विराजभक्त श्रेष्ठ

लोकप्रीय

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२

विचार

थप समाचार

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी
ताजा समाचार

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो
अन्तर्राष्ट्रिय

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक
ताजा समाचार

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

बुधबार अशोज १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२

हालका पोस्टहरू

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.