×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बेलायतमा ऋषि सुनकले लज्जास्पद हार बेहोर्र्ने सर्वेक्षण

२२ चैत्र २०८०

२२ चैत ,एजेन्सी।

बेलायतमा यस वर्ष आम निर्वाचन हुँदैछ । प्रधानमन्त्री ऋषि सुनक आफैले यस्तो संकेत गरेका छन् । हालैका महिनाहरूमा, बेलायती प्रधानमन्त्रीले मेमा चुनाव अस्वीकार गरेका थिए र यस वर्षको अन्त्यमा चुनाव हुन सक्ने संकेत दिएका थिए । यसैबीच अर्को सर्वेक्षणले एउटा चकित पार्ने दाबी गरेको छ । आगामी आम निर्वाचनमा बेलायती प्रधानमन्त्री ऋषि सुनकको सिट पनि खतरामा रहेको बताइएको छ ।

Advertisement
Advertisement

यूगभले १८ हजार मानिसमा गरेको नयाँ सर्वेक्षणले बेलायती प्रधानमन्त्री ऋषि सुनकको नेतृत्वमा रहेको सत्तारुढ कन्जरभेटिभ पार्टीले आगामी आम चुनावमा लज्जास्पद हार बेहोर्ने देखाएको छ । योसँगै विपक्षी लेबर पार्टीले ४०३ सिट जित्न सक्ने बताइएको छ । यो नयाँ सर्वेक्षणले यसपटकको पराजय सन् १९९७ मा पूर्व टोरी प्रधानमन्त्री जोन मेजरको शासनकालभन्दा पनि खराब हुने देखाएको छ ।

जब टोनी ब्लेयरको नेतृत्वमा लेबर पार्टीले उनलाई पराजित गरेको थियो । त्यसपछि टोरी पार्टीले १६५ सिट जितेको थियो । योसँगै ब्लेयरले हाउस अफ कमन्सका ६५९ सिटमध्ये ४१८ सिट जितेका थिए । यसअघिको बेस्ट फर बेलायतको सर्वेक्षणमा पनि प्रधानमन्त्री सुनकले आफ्नो सिट बचाउन नसक्ने बताएका थिए ।

यस वर्षको अन्त्यमा हुन लागेको आम निर्वाचनमा देशको सत्तारुढ कन्जरभेटिभ पार्टीले ठूलो पराजय भोग्न सक्ने देखिएको उक्त सर्वेक्षणमा उल्लेख छ । यति मात्रै होइन बेलायती प्रधानमन्त्री ऋषि सुनकले आफ्नो नर्थ योर्कशायरको सिट जोगाउन मुस्किल पर्ने बताइएको छ । बेस्ट फर बेलायतले यो सर्वेक्षण अघि १५ हजार २९ जनाको राय लिएको थियो ।

जसका आधारमा तयार पारिएको प्रतिवेदनमा कन्जरभेटिभको तुलनामा १९ अंकको अग्रता लिएर विपक्षी लेबर पार्टी ४५ प्रतिशत मतका साथ शीर्ष स्थानमा रहेको छ । यसले आगामी चुनावमा कन्जरभेटिभ पार्टीको सम्भावना न्यून तहमा पुगेको पनि बताएको छ । यसपटक सयभन्दा कम सिट जित्ने भनिएको छ भने विपक्षी लेबर पार्टीले धेरै फाइदा पाउनेछन् ।

सर्वेक्षणअनुसार यसपटक २८ जना वर्तमान मन्त्रिपरिषद् सदस्यले चुनाव लड्न सक्नेछन्, जसमध्ये १३ जना मात्रै पुनः निर्वाचित हुनेछन् । यसैबीच चुनावअघि गरिएका अधिकांश सर्वेक्षणले कन्जरभेटिभभन्दा लेबर पार्टीले सहज अग्रता पाएको देखाएको छ । हाल, पार्टी राजनीतिक उथलपुथल, दैनिक उपभोग्य वस्तुको बढ्दो मूल्य र बढ्दो अध्यागमनका चुनौतीविरुद्ध सुनक नेतृत्वको सरकार लडिरहेको छ ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top