२३ चैत , एजेन्सी ।
पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा एलाइड डेमोक्रेटिक फोर्स (एडीएफ) विद्रोहीहरूले गरेको आक्रमणमा कम्तीमा १० नागरिकको मृत्यु भएको स्थानीय स्रोतले बताएको छ ।
स्थानीय नागरिक समाजका अनुसार, एडीएफ विद्रोहीहरूले उत्तरी किभु प्रान्तको बेनी क्षेत्रमा अवस्थित गाउँ मङ्गोडोमुमा घुसपैठ गरेका थिए ।
जुन क्षेत्र २०२१ देखि सेना र प्रहरी प्रशासनको अधीनमा छ । नागरिक समाजका अध्यक्ष मुहिन्दो टाफुटेनीले बिद्रोहीहरुको घुसपैठको निन्दा गरे ।
उनले बिद्रोहीहरुले नागरिकहरुको हत्या गरेको र लुट मच्चाएको आरोप लगाए । मे २०२१ देखि यी दुई प्रान्तहरूलाई घेराबन्दीमा राखिएको छ ।
जहाँ नागरिक अधिकारीहरूलाई सेना र प्रहरी अधिकारीहरूले प्रतिस्थापन गरेका छन् ।