२३ चैत ,एजेन्सी ।
ताइवानमा गएको ७.३ म्याग्निच्युडको भूकम्पपछि कुल ९६ वटा पराकम्प गएको छ ।
पराकम्प ४ रेक्टर स्केलकारहेको बताइएको छ ।
७.३ म्याग्निच्युडको भूकम्प बिहान ७ः५८ मा चीनको ताइवानको हुआलियननजिकैको समुन्द्री क्षेत्रमा गएको थियो ।
बुधवार नौ जनाको ज्यान गएको थियो भने एक हजारभन्दा बढी घाइते भएका छन् ।
बिहान १२ बजेसम्म जम्मा १०१ जना भूकम्पमा फसेका छन् भने ३४ जना बेपत्ता भएका छन् ।